प्रदेश प्रमुखद्वारा ‘ग्याल्बो ल्होछार’ को शुभकामना
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १५:४९:९
१ चैत,विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आज एक सन्देश जारी गर्दै शेर्पा समुदायको महान् चाड ‘ग्याल्बो ल्होछार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति, उन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
आफन्त भेटघाट, सांस्कृतिक मनोरञ्जन तथा धार्मिक आस्था प्रवद्र्धन र सामूहिक हर्षबढाइँका साथ शुभकामना आदान–प्रदान गर्ने परम्पराले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने भएकाले शेर्पा समुदायले मनाउने यस पर्वलाई महत्वका साथ हेरिने गरिन्छ । अझै पनि विश्व कोरोना भाइरसको महामारीबाट मुक्त भइसकेको अवस्था छैन । यस परिप्रेक्ष्यमा भौतिक तथा सामाजिक दूरी कायम गरी यस पर्वलाई मनाउनु सबै शेर्पा समुदायको अनिवार्य कर्तव्य बनेको कुरालाई प्रदेश प्रमुख ‘प्यासी’ले स्मरण गराएका छन् ।
सन्देशमा भनिएको छ, “बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषतायुक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतीक हुन्, ‘ग्याल्बो ल्होछार’ले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा विकास गर्ने कुरामा मैले विश्वास लिएको छु ।”
‘ग्याल्बो ल्होछार’ पर्व भव्य र सभ्यरूपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त यस पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्दै प्रदेश प्रमुख ‘प्यासी’ले शुभकामना व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार