तीन करोड खर्चिएर फिट्नेस सेन्टर
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १९:४८:४४
२ चैत,भक्तपुर । सामाजिक सेवा र खेलकूदको विकास गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसका एक नेताले रु तीन करोड खर्चिएर व्यवसाय शुरु गरेका छन् । लामो समय खेलकूदसँगै राजनीतिमा सक्रिय रहेका मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा नेपाली कांग्रेसका युवानेता एवं खेलाडी अष्ट कँवेले क्लब मध्यपुरमार्फत फिट्नेस सेन्टर, स्नुकर हाउस एवं बर्गर हाउस सञ्चालनमा ल्याएका हुन् । तीस जना युवालाई प्रत्यक्ष रोजगारी दिँदै १०० जना क्षमताको फिट्नेस सेन्टर एवं स्नुकर हाउस उनले सञ्चालनमा ल्याएका हुन् ।
राजनीति गर्ने व्यक्तिले आफैँ व्यवसाय शुरु गर्न सके कसैसँग माग्नु नपर्ने जनाउँदै उनले नेपालमा स्नुकर र फिट्नेसलाई व्यावसायिक खेलका रुपमा विकास गर्ने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याएको बताए । नेता कँवेले भने, “देश विदेशमा प्रतिस्पर्धा गर्दै पदक जित्नसक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘फिट्नेस, बडी बिल्डिङ, एरोबिक्स, जुम्बा, स्टिम, सावना, स्नुकर र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याएको हुँ, यसले खेलकूद र व्यवसायलाई सँगै लैजान सकिन्छ भन्ने लागेको छ ।” उनले फिट्नेस, बडी बिल्डिङ, एरोबिक्स, स्नुकरजस्ता खेलको हरेक वर्ष प्रतियोगितात्मक प्रतिस्पर्धा गराउने बताए ।
उनले यसबाट हुने आम्दानीको २० प्रतिशत रकम सामाजिक सेवा र खेलकूदको विकासमा खर्च गर्ने घोषणा गर्दै आफू रहेको मध्यपुर युथ एसोसिएशनले गर्ने हरेक खेलकूद प्रतियोगितामा पुरस्कारका लागिसमेत यहाँबाट भएको आम्दानीबाट खर्च गर्ने घोषणा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कारागारका ६० जना कैदीबन्दी स्थानान्तरण
जेठ ९, २०८१ बुधबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
डोजरमा यात्रा गर्दै श्रमिक
जेठ १०, २०८१ बिहिबार
अल्छि मान्दै कानुन मन्त्रालयको बैठक कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार