टिकटकमा भाइरल नयाँ च्यालेन्ज, महिलाले पूरा गर्न सक्छन् पुरुषले किन सक्दैनन् ?
Indra Rijal
चैत २, २०७७ सोमबार १९:४९:१
काठमाडौं। लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमा नयाँ च्यालेन्ज भाइरल भइरहेको छ । यो च्यालेन्ज महिलाहरुले पूरा गर्न सक्ने तर पुरुषले नसक्ने भएका कारण पनि यसले धेरै चर्चा पाएको छ । सेन्टर अफ ग्रयाभिटी नामको यो च्यालेन्ज पूरा गर्न पुरुषहरु किन सफल हुँदैनन् भन्ने कुराले पनि निकै उत्सुकता बढाएको छ । यो च्यालेन्जमा सामान्यतया एक महिला र एक पुरुष हुन्छन् । उनीहरुले साथमा यो च्यालेन्ज पूरा गर्न प्रयास गर्छन् तर धेरैजसो महिलाहरु सफल हुन्छन् भने पुरुषहरु असफल हुन्छन् ।
यो च्यालेन्जको लागि महिला र पुरुष दायाँबायाँ घुँडा र कुहिनाले टेकेर घोप्टो परेर बस्छन् । उनीहरु दुवैको टाउको दुई हातको हत्केलामा हुन्छ । त्यसपछि उनीहरुले एक्कासी दुवै हात हटाइर आफ्नो पछाडि लैजानुपर्छ । यसो गर्दा महिलाहरुले हात पछाडि लैजाँदा पनि आफ्नो सन्तुलन कायमै राख्न सक्छन् तर पुरुषहरु भने अनुहारको बलमा भुइँमा लड्छन् । यो च्यालेन्ज भाइरल भएसँगै केहीले महिलाहरुको शरीर धेरै सन्तुलिन हुने धारणा राखेका छन् । केहीले भने महिलाको सेन्टर अफ ग्रयाभिटी फरक हुने भएकोले उनीहरुले यो च्यालेन्ज पूरा गर्न सकेको धारणा राखेका छन् ।
भाइस म्यागजिनमा प्रकाशित एक रिपोर्टअनुसार विज्ञानले पनि महिलाको सेन्टर अफ ग्रयाभिटीका विषयमा यही धारणा दिएको छ । एकेडेमिक जर्नल थ्योरिटिकल बायोलोजी एण्ड मेडिकल मोडलिङको एक अध्ययनका अनुसार महिलाको सेन्टर अफ ग्रयाभिटी पुरुषहरुको तुलनामा ८ देखि १५ प्रतिशत तल हुन्छ । यही कारण महिलाहरुलाई गर्भावस्थाको क्रममा हिँड्दा शरीर सन्तुलिन राख्न सहयोग प्राप्त हुन्छ ।
Indra Rijal
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
पत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार