इजरायली राजदूतावासले दियाे पाटनलाई स्वास्थ्य उपकरण
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार २०:१६:३६
२ चैत,ललितपुर । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा राजदूत गोडरले ललितपुरमा रहेका धेरै अस्पतालमध्ये पाटन अस्पताल कोरोनाको उपचार र नियन्त्रणमा अग्र स्थानमा रहेर पाउँदा सहयोग गर्न लागिएको बताएका छन् । अस्पतालका निर्देशक डा शाक्यले कोभिडका कारण लगभग १० महिना आर्थिकरुपमा थला परेको अस्पतालले सामग्री पाउँदा थप आवश्यक सेवा दिन सक्ने भएको जनाए ।
एनेस्थेसिया प्रविधि हरेक बिरामीलाई शल्यक्रिया गर्नुपर्दा बेहोश गर्न काम लाग्नाका साथै प्यासेन्ट मनिटर भने बेहोश बिरामीको रक्तचाप, मुटुको चाल तथा श्वासप्रश्वास आदिका बारेमा जानकारी लिन आवश्यक पर्छ । त्यस्तै इलेक्ट्रोकाडियोग्राफ उपकरणले मात्र मुटुको अवस्थाका बारेमा चिकित्सकलाई राम्रो जानकारी दिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार