बाँदर धपाउन किसानलाई उपकरण
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १५:११:२५
३ चैत,मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यन्न बाली नोक्सानी पु¥याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ । बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।
गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २८० वटा उपकरण वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिए । गाउँपालिकाले रु पाँच लाख बजेट छुट्याएको छ । पहिलो चरणमा २८० वटा उपकरण खरिद गरी वितरण गरिने अध्यक्ष हुमागाईँले जानकारी दिए ।
उपकरण जीवजन्तुलाई तर्साउन÷डराउनका साथै बालीविरुवामा आएकालाई भगाउन प्रयोग हुने जनाइएको छ । बन्दुक पड्काएको जस्तो आवाज आउने उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सकिने अनुमान गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले उपकरण प्राप्त गर्नका लागि किसानहरुलई सूचना प्रकाशितसमेत गरेको छ । उपकरण गाउँपालिकाले निःशुल्क वितरण गर्ने अध्यक्ष हुमागाईँले जानकारी दिए । गाउँपालिकाका आठ वटै वडाका बाँदर प्रभावित क्षेत्रका टोलविकास संस्था, सहकारी संस्था, कृषक समूह तथा कृषि फार्महरुले उपकरण माग गर्न सक्ने अधिकृत पुडासैनी बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कारागारका ६० जना कैदीबन्दी स्थानान्तरण
जेठ ९, २०८१ बुधबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
जेठ १०, २०८१ बिहिबार
गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
जेठ १०, २०८१ बिहिबार
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ
जेठ १०, २०८१ बिहिबार
ताइवानलाई घेरा हाल्दै चीनले गर्यो अहिलेसम्मकै ठूलो युद्ध अभ्यास
जेठ १०, २०८१ बिहिबार
एकीकृत समाजवादीले संसदको गतिरोध अन्त्य गर्न पहल गर्ने
जेठ १०, २०८१ बिहिबार
सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता
जेठ १०, २०८१ बिहिबार