शिक्षा पत्रकार समाज कर्णाली प्रदेश समिति गठन
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १४:२२:४५
४ चैत,कर्णाली । शिक्षा पत्रकार समाज कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । कर्णालीका १०वटै जिल्लाका जिल्ला संयोजक सदस्य रहने गरी हुम्लाका पत्रकार नवराज महताराको संयोजकत्वमा १२ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।
शिक्षा पत्रकार समाजका केन्द्रीय महासचिव शेषकान्त पण्डितको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न भेलाले प्रदेश सहसंयोजक र जिल्ला संयोजकको टुङ्गो लगाएको छ । केन्द्रीय समितिले यसअघि नै प्रदेश संयोजकमा महतारालाई जिम्मेवारी दिइसकेको थियो । प्रदेश सहसंयोजकमा रेडियो नेपालका कार्यक्रम अधिकृत भानुभक्त खड्कालाई चयन गरिएको छ ।
भेलाले जिल्ला संयोजकमा ईश्वर अधिकारी सुर्खेत, हेमन्त केसी जाजरकोट, कमल शर्मा दैलेख, विश्वनाथ सिम्खडा कालीकोट, झक्कुप्रसाद शर्मा सल्यान, अर्जुन खड्का रुकुम पश्चिम, कृष्णमाया उपाध्याय जुम्ला, विष्णुलाल बुढा डोल्पा, कविराज कार्की मुगु र नन्द सिंह हुम्लालाई चयन गरेको छ ।
शिक्षा विधामा रिर्पोटिङ गर्ने क्रियाशील पत्रकारहरुको अगुवाइमा यसै वर्ष शिक्षा पत्रकार समाज स्थापना भएको हो । समाजका कर्णाली प्रदेश संयोजक महताराले कर्णालीका शैक्षिक सवाललाई आमसञ्चारमाध्यमबाट उजागर गर्र्नुका साथै सरोकारवाला निकायसँग समस्या समाधानको पैरवी गर्ने बताए । उनले कर्णाली शिक्षा क्षेत्रमा समेत पछाडि परेकाले शिक्षा पत्रकारलाई यहाँको शैक्षिक उन्नयनको अभिन्न अङ्गका रूपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार