महासंघद्धारा आयोजित सातदिने पत्रकारिता तालीम सम्पन्न
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २१:९:४८
४ चैत,विराटनगर । सञ्चारकर्मीले सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने अनुभूति गरेका छन् । यो अनुभूति नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित सातदिने पत्रकारिता तालीममा सहभागीले प्रशिक्षण लिएपछि भएको हो ।
विभिन्न सञ्चारगृहमा काम गर्ने नवप्रवेशी पत्रकारलाई दिइएको तालीमले प्रशिक्षार्थीको सीप र दक्षतामा निखार आएको प्रशिक्र्षीको अनुभव छ । देशको ऐनाको रुपमा काम गर्ने सञ्चारकर्मी सत्यतथ्यबाट डराउन नहुने र निर्धक्क भएर समाचार लेख्न सकियो भने सञ्चारगृहलाई मात्र नभएर देशलाई टेवा पुग्ने प्रमुख प्रशिक्षक महासङ्घका पूर्व सभापति धर्मेन्द्र झाले बताए ।
उनले भने, “पेशाले पत्रकार लोभलालचमा फस्नु हुँदैन, यसले स्वयं पत्रकारको पेशामा अवरोध सिर्जना गर्दछ । सूचनाको हक, आचारसंहिता, विकास पत्रकारिता, प्रेस कानूनको विषयमा केन्द्रित रहेको तालीममा युरोपियन युनियनले पनि सहजीकरण गरेको थियो ।
हतारमा लेखिएको साहित्य पत्रकारिता हो, यसमा लाग्ने युवायुवती न्यूनतम आधारभूत आवश्यकता भने पूरा गरेको हुनपर्छ अर्की प्रशिक्षक सङ्घर्ष पन्तले भने, “सीप विनाको जनशक्तिले सफलता हासिल गर्न सक्दैनन् ।” खासगरी दक्ष जनशक्ति निर्माण गर्न र यो पेशाप्रति पत्रकारको रुचि बढाउन तालीमले निकै ठूलो मद्दत गरेको सहभागी प्रियङ्का कामतले बताइन् । अर्का सहभागी मकालु खबरका पत्रकार सुजाता लिम्बूले तालीमले हामीलाई धरै हदसम्म दीक्षित गरेको बताइन् ।
‘विकासका लागि सञ्चार, सञ्चारका लागि सञ्चारकर्मी’ मूल उद्देश्य राखिएको तालीमले नवप्रवेशी पत्रकारलाई जोस, जाँगर एवं उत्साह थपेको छ । तालीममा मोरङ, सुनसरी, झापा, धनकुटा, सप्तरी, उदयपुर र सिराह गरी ३० महिलासहित ४२ जनाकोे सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार