स्थानीय तहमा इ–लाइब्रेरी स्थापना
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १९:३६:४३
५ चैत,बझाङ । स्थानीय तहको शिक्षा शाखामा तहका इ–लाइब्रेरी स्थापना गर्ने भएको छ । साझा शिक्षा इ–पाटी नामक गैरसरकारी संस्थाले जिल्लाका १२ वटै स्थानीय तहका शिक्षा शाखामा इ–लाइब्रेरी स्थापना गर्न लागेको हो ।
संस्थाले बझाङका ४३ वटा विद्यालयमा ९५० ल्यापटप पनि वितरण गरिसकेको छ । स्थानीय तहको शिक्षा शाखामा स्थापना गर्न लागिएको इ–लाइब्रेरीमा कक्षा १ देखि ८ सम्मका डिजिटल शैक्षिक सामग्री राखिने बताइएको छ । साझा शिक्षा इ–पाटीका सिनियर मेनेजर टीकाराज कार्कीले उक्त लाइब्रेरीबाट विद्यार्थीले अध्ययन सामग्री डाउनलोड गर्न सजिलो हुने बताए । उनका अनुसार इ–लाइब्रेरीमा आठ हजार पुस्तक, १५ हजार अडियो र १२ हजार भिडियो सामग्रीसहित ब्रिटिस काउन्सिललगायतका अभ्यास सामग्री पनि राखिने छ । इ–लाइब्रेरीमा अनलाइन र अफलाइनमा काम गर्न सकिने बताइएको छ ।
कार्कीका अनुसार अहिलेसम्म बझाङका १० स्थानीय तहका शिक्षा शाखामा इ–लाइब्रेरी स्थापना भइसकेको र चैतभित्र बाँकी दुई स्थानीय तह केदारस्यू र बित्थडचीर गाउँपालिकामा जडान गर्न सकिने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखगराजले आइतबार विश्वासको मत लिने, एमालेका कारण सोडारी अन्योलमा
बैशाख २१, २०८१ शुक्रबार
विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने
बैशाख २१, २०८१ शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार