दमकको नेतृत्व लिएर नेपाली कांग्रेसलाई बलियो बनाउने छु :– युवानेता पर्शुराम रिजाल
नेपालबहस संवाददाता
चैत ५, २०७७ शुक्रबार १:५१:१४
५ चैत, दमक । नेपाली कांग्रेसका युवा नेता तथा दमक कांग्रेसका उदियमान तारा पर्शुराम रिजाल अहिले चर्चाको शिखरमा छन् । लामो समयसम्म नेपाल विद्यार्थी संघमा रहेर राजनीतिमा सकृय रिजाल नेपाली कांग्रेसलाई बलियो बनाउने कार्यमा अहिले क्रियाशिल भएर उत्रिएका छन् ।
सधैं परिवर्तन र विकासको पक्षमा आफ्ना आवाज बुलन्द गर्ने युवा नेता पर्शुराम रिजाल नेपाली कांग्रेसको गत तेह्रौं महाधिवेशनमा दमक नगर समितिको सभापति पदमा थोरै मतले आफ्ना प्रतिद्वन्दि साथी रोशन बिष्टसँग पराजित भएका थिए ।
जीत र हारलाई समान अवसरको रुपमा लिने रिजाल आफ्नाे पराजयपछि पनि निरन्तर र थप क्रियाशिलताका साथ नेपाली कांग्रेसलाई बलियो बनाउने कार्यमा संलग्न रहँदै आएका छन् । नेपाली कांग्रेसलाई वैचारिक रुपमा शक्तिशाली बनाउनु पर्छ भन्ने भावना राख्ने रिजाल नेपाली कांग्रेसको आगामी चौधौं महाधिवेशनमा पनि सभापतिको प्रत्यासीका रुपमा आफुलाई उभ्याईरहेका छन् । नेपाली कांग्रेस दमकका कार्यकता पनि नेतृत्व रिजाललाई दिन आतुर देखिएको छ । युवा जोश र जाँगरलाई पार्टीले चिन्न सक्ने हो भने नेपाली कांग्रेस दमकको भविष्य उज्वल देखिन्छ ।
झापा जिल्लाकै युवा नेताहरुको रुपमा परिचित नेता रिजाल पार्टीले दिने जुनसुकै जिम्मेवारीलाई सहजताका साथ सम्हाल्दै अगाडी बढन चाहन्छन् । दमक आफैमा नेपाली कांग्रेसको उदगम भूमि हो । झापा जिल्लालाई पटक–पटक नेतृत्व गर्ने कांग्रेसका सारथीहरुको संगमस्थल पनि हो, दमक । झापा कांग्रेसका अभिभावक पूर्णानन्द शर्माको शितल छहारीमा जन्मिएका हजारौं युवा नेतृत्वहरु अहिले पनि नेपाली कांग्रेसको उपल्लो दर्जामा रहेर आफ्नाे भूमिका कुशलताका साथ निभाईरहेका छन् ।
झापा कांग्रेसका युवा नेता पर्शुराम रिजाल भन्छन्, म दमकबासी सम्पूर्ण आदरणिय अग्रज अभिभावकहरुको, स्थानीय नेता तथा सहयात्री सबैको सल्लाह र सहकार्यका आगामी १४ औं अधिवेशनमा पुनः दमक कांग्रेसको नेतृत्व सम्हाल्न आतुर छु । नेता रिजाल पदलाई भन्दा पार्टी एकतालाई मुख्य प्राथमिकतामा राखेर काम गर्न चाहन्छन् । पार्टीलाई जीवन्त राख्न युवाहरुको सकृयता र प्रौढ नेतृत्वको सल्लाह दुबै आवश्यक रहेकाे बताउने रिजालले युवा साथीहरुलाई क्रियाशिल बनाउन सकेमात्रै नेपाली कांग्रेस सवल र सक्षम बन्ने विश्वास राख्छन् ।
आगामी चौधौं महाधिवेशनमा दमकको नेतृत्व कुशलतापूर्वक सम्हाल्न आतुर नेता रिजाल आफु युवा, प्रौढ, शिक्षक, विद्यार्थी, मजदुर, महिला, दलित, आदिबासी जनजाति, पिछडावर्ग, मुस्लिम लगायतको सामुहिक भावनाको कदर गर्दै अगाडि बढने कुरामा स्पष्ट देखिएका छन् ।
दमक र दमकबासीका चुनौति र सम्भावनाहरुको अधिकतम उपयोग गर्ने उद्देश्यका साथ आगामी चौधौं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवारी दिने घोषणा गरेका युवा नेता रिजाल नेपाली कांग्रेस पार्टीको बृहत्तर हितमा लागिरहने प्रतिबद्धता ब्यक्त गर्छन् । म नभनौ हामी भनौं, यसले हामीलाई दमक कांग्रेसको वर्तमान अवस्थामा परिवर्तन ल्याउन सकिन्छ भन्ने भावना राख्ने रिजाल नेपाली कांग्रेसमा आमुल परिवर्तनको आवश्यकता र ब्यापक सबलिकरणको आवश्यकता रहेको बताउँछन् ।
पार्टी भित्र समर्पणको भावना हराउँदै गएको र तेरो मेरो भन्ने भावनाले पार्टीलाई धरासायी बनाउने भन्दै नेता रिजालले अब हाम्रो पार्टी भन्ने वातावरण बनाउने मेरो पहिलो काम हुने बताउँदै कसैलाई कमजोर देखाएर आफु उच्चो हुने प्रबृत्तिले ब्यक्ति र पार्टी दुबैलाई समाप्त पार्ने कुरामा आफु पूर्ण रुपमा जानकार रहेको र यस्ता प्रबृत्तिलाई परास्त गरेर अघि बढने संकल्प समेत गरेका छन् ।
महाधिवेशन भनेको पार्टीको आन्तरिक प्रतिष्पर्धा भएको हुनाले यसलाई संयमित र मर्यादित रुपले उपयोग गर्नुपर्ने धारणा राख्ने नेता रिजाल आफुबीचको विश्वासलाई दरिलो बनाउँदै अघि बढनु पर्ने आवश्यकता रहेको बताउँछन् । हात्ती लम्कदै गर्छ कुकुर भुक्दै गर्छ भन्ने नेपाली उखान नेपाली राजनीतिमा समेत चरितार्थ हुँदै गएकोप्रति सचेत गराउँदै नेता रिजाल भन्छन्, राणा शासन र पञ्चायतसँग जुधेका गिरिजाप्रसाद कोइरालाको संरक्षण र छत्रछायाँमा राजनीति गरेका हामी युवा कांग्रेसीहरु कसैको लोभ र लालचको भ्रममा परेर कहिल्यै पनि राजनीतिबाट बिमुख हुनुहुँदैन ।
नेपाली कांग्रेस अब नयाँ शिराबाट अघि बढ्ने कुरामा ढुक्क रहेका नेता रिजाल अबको महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व आउने र नेपाली कांग्रेसलाई सशक्त र प्रभावकारी रुपमा अघि बढाउने कुरामा विश्वस्त छन् । दमक कांग्रेसमा अबको नेतृत्व युवाहरु नै रहने र प्रौढ नेतृत्वलाई अभिभावकीय भूमिकामा सदैव संलग्न गराउने चाहना रहेको बताउने नेता रिजाल अब नेपाली कांग्रेसलाई सशक्त बनाउन र युवाहरुलाई नेतृत्वमा ल्याउन नसके नेपाली कांग्रेसले दमकमा कुनै पनि निर्वाचन जित्न नसक्ने ठोकुवा समेत गरेका छन् ।
त्यसैले आगामी चौधौं महाधिवेशनमा दमकको नेतृत्व कुशलतापूर्वक सम्हाल्न आतुर देखिएका नेता रिजाल आफु युवा, प्रौढ, शिक्षक, विद्यार्थी, मजदुर, महिला, दलित, आदिबासी जनजाति, पिछडावर्ग, मुस्लिम लगायतको सामुहिक भावनाको कदर गर्दै अगाडि बढने कुरामा स्पष्ट देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु
असार १८, २०८१ मंगलबार
साथीसँग फुटबल खेलेर फर्कने क्रममा खोलाले बगाउँदा दुई बेपत्ता
असार १३, २०८१ बिहिबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
असार १८, २०८१ मंगलबार
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध
असार १८, २०८१ मंगलबार