आवाज विहिनको आवाज
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार ११:२३:५७
केहीदिनदेखि देशका ठुला मिडिया हाउस, मकैका फुला जस्तै फुलिरहेका सामाजिक सञ्जालका साइटहरु, ठूलो जमातले, आज यहाँको बाघ समातियो, आज त्याहा बाघ समातियो भनेर, रंगविरंगी गरेर खोकिरहेका छन्। म एक पथप्रदर्शक को नाताले घटनालाई केही फरक ढंगले हेरिरहेको छु यसले थप संरक्षणमा चुनौती बढ्दै जानेमा दुईमत छैन ।
प्रत्येक दिन वृद्धि भइरहेको मानव वन्यजन्तु द्वन्द्वको मुख्य कारण । मानव समाजले आफ्नो व्यवहारमा ल्याउनु पनि परिवर्तन, कहाँ गइरहेका छौं, त्यस ठाउँको हेक्का जानकारी हामी सयौं बर्ष देखि बनमा बसेका हौं अब केही हुँदैन भन्ने सोच। र सरकारी स्तरबाट जति हुनुपर्ने सामान्य जानकारी मुलक कार्यक्रम नहुँदा जसले पछि उनी सम्भावित घटनाको बारेमा हेक्का नहुँदा प्रत्येक दिन बाघहरु थुनिन पुग्दैछन् जस्तो लाग्छ। यदि हामीले मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण गर्ने उपायहरु खोजेनौं भने यहाँ रहेका सबै बाघहरु थुनिनेछन् । आज मैले तमाम प्रश्नको उत्तर खोजिरहेको छु।
हामी भनाउँदा चेतनशील प्रणालीहरुको आ-आफ्नो चेतना स्तरमा परिवर्तन गर्न सक्दैन भने, तबसम्म नि घटनाहरू घटिरहन्छन् अनि प्रत्येक दिन हामीले बाध्य भएर ती निर्दोष प्राणीलाई दुःख दिई रहनुपर्नेछ। आज दिनप्रतिदिन साँघुरिँदै गएका प्राकृतिक बन जंगल, एक ठाउँबाट अर्को ठाउँमा पुग्ने जैविक मार्गहरु लगभग घाटिको साइजमा रहेका छन् ।
जसले गर्दा ति वन्यजन्तुहरू आफूलाई उकुसमुकुस अवस्थामा रहेका छन्, प्रत्येक दिन सुक्दै गएका पानीका स्रोतहरू जसले मानव वन्यजन्तु मात्र होइन वन्यजन्तु र वन्यजन्तु र बिच द्वन्द बढ्नेमा दुईमत छैन। आज २/४ वटा बाघ समात्दै मा सबै समस्याको समाधान हुन्छ भन्न खोज्नु मुर्खता हो। त्यसैले हामीले आफ्नो सामान्य जीवन भन्दा फरक भएर सोच्न जरुरी देखिन्छ जसले गर्दा मानव वन्यजन्तु सहअस्तित्व निर्माण गर्न सहयोग पूराउँछ। आज बाघ समात्यो भने रमाउनेहरुमा सानो ज्ञान हुन जरुरी देखिन्छ।
बाघले किन आक्रमण गरिएको छ ? के पहिला बाघले आक्रमण गर्थेन? सबैलाई भ्रम हुन सक्छ बाघ बढ्यो भनेर आक्रमण बढ्यो भन्ने। मानव समाजले एकपछि अर्को गर्दै यहाँ रहेका प्राकृतिक सम्पदालाई दिनप्रतिदिन साघुरो बनाउँदै जानु , प्राकृतिक बासस्थानमा मानवको उपस्थित बढी भएको कारणले देखिन्छ। हामीले बाघ गाली गरेर केही हुनेवाला छैन।
सामान्यतः बाघ जंगलमा 18 वर्ष बाँच्छ, उसले जिन्दगीभर आफ्नो जीवन एक्लै बस्छ। यदि भाले पोथी लाग्ने समय बाहेक, वा बच्चा हुर्काउने बेला सम्म बाहेक अरु समय ऊ एक्लै बस्छ।यसमा सामाजिक व्यवहार हुँदैन तर बाघ सबैभन्दा लज्जालु इमान्दार जनावरको रुपमा हेरिन्छ। जब लजालु इमान्दार स्वभावको बाघलाई हामीले हिंस्रक जनावर रुपमा चित्रण गरेर बाघ लाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेका छम्। जसले गर्दा समाजमा नकारात्मक सन्देश गएको यो पंक्तिकारलाई आभास हुन्छ। हो बाघले केही पनि प्राणीहरु मारेर खान्छ को मतलब हिंस्रक होइन, जसरी हामी मानव समाजले मारेर खान्छम्। उसले पनि माया गर्न जानेको छ। उसँग पनि रिस हुन्छ। तर उसको आवाज छैन यसको मतलब यो होइन कि उसलाई जे गरेपनि हुन्छ। मानव र बाघलाई संगै राखेर फरक छुट्याउने हो भने बाघभन्दा मानवले बढी हिंस्रक विषालु प्राणीको रूपमा हेरिन्छ।
के त्यो बोल्न सक्दैन ? सोच्न सक्दैन ? भनेर यसको बारेमा नकारात्मक सन्देश दिने? थाहा छ बाघ के हो ? पारिस्थितिक प्रणालीमा बाघ के महत्व छ ? थाहा छ बाघले मानव समाजलाई बचाउन कति मद्दत गर्छ ? हो यि प्रश्नको उत्तर सबैले खोज्न जरुरी छ, यदि हामीले यि प्रश्नको उत्तर खोज्न थाल्यौ भने,अनि तपाई हजुर हरुलाई बाघ प्रति माया बढेर आउछ। जब तपाईं बाघ सँग मायाको लगनगाँठो कस्न थाल्नुहुन्छ तपाईंलाई माया बाहेक केही आउँदैन।आउनुस् यो पृथ्वीमा भएका सबै जीव प्राणीसँग साइनो कसौ।
तिनीहरू रुदा हामी पनि रोइदिन तिनीहरू हाँस्दा हामी पनि हासी दिए, यो पृथ्वी सबैको साझा घर को रूपमा हेरिदिए, भने हामीले यहाँ भएको प्राकृतिका खम्बाहरु बाघ, हात्ती, गैंडा,सबै बाँच्ने छन्। आउनुहोस् हातेमालो गरौं, तिनीहरूका बासस्थानलाई सुरक्षित बनाईदिम्। उनीहरुलाई आफ्नै संसारमा रमाउने वातावरण बनाइदिन जसका कारणले उनीहरुलाई बाहिर आउन बाध्य नबनाउन। यो तपाईं हामी सबैको कर्तव्य यदि हामीले यस्तो गरिएन भने प्रत्येक दिन सबै जीवजन्तु हिंसक बन्नेछन् उसको असर हामीलाई नै पर्नेछ त्यसैले समयमा सोचौ !!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार