पूर्वी पहाडमा पहिलोपटक हाडजोर्नी शल्यक्रिया सेवा
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १८:१३:२६
९ चैत,पाँचथर । पूर्वी पहाडमा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा शुरु गरिएको छ । फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त अस्पतालमा हाडजोर्नी, नशा तथा बाथरोगका विशेषज्ञ चिकित्सक डा देउमान लिम्बूले सेवा दिन थालेपछि यससम्बन्धी सेवा सञ्चालनमा ल्याइएको हो । यसै साताबाट सञ्चालनमा आएको हाडजोर्नीको शल्यक्रिया सेवाबाट हालसम्म तीन बिरामीले सेवा लिइसकेको अस्पतालले जनाएको छ ।
हालसम्म पूर्वी पहाडका जिल्लामा हाडजोर्नीको शल्यक्रिया सेवाको अभाव थियो । यससम्बन्धी ससाना समस्याको उपचार गर्नसमेत झापा, मोरङ तथा सुनसरीका विभिन्न अस्पताल जानुपर्ने बाध्यता थियो । नियमित जाँच गराउनुपर्ने, हड्डीमा राखिएको स्टिल तथा रड झिक्नुपर्ने तथा ‘डे«सिङ’ गराउनुपर्ने बिरामी महङ्गो शुल्क तिरेर बाहिर बस्न बाध्य थिए । यही समस्यालाई मध्यनजर राखेर उक्त सेवा सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक राजेन्द्र कार्कीले बताए ।
विशेषज्ञ चिकित्सकका अतिरिक्त उक्त अस्पतालले करीब रु १८ लाख लागतमा अत्याधुनिक सेवा प्रदान गर्ने ‘सीआर्म मेसिन’ जडान गरेको छ । यहाँबाट पूर्वी पहाडका सेवाग्राहीलाई सेवा दिन आएका डा लिम्बूले हाडजोर्नीका ६० प्रतिशत समस्या समाधान गर्न आफू सफल हुने बताए । हाडजोर्नी भाँचिएको, टुटेको, फुटेकाको शल्यक्रियामार्फत उपचार गर्ने, स्टिल राख्ने तथा झिक्ने, जोर्नीसम्बन्धी समस्याको उपचार गरिने डा लिम्बूले बताए ।
उक्त अस्पतालले तराईका अस्पतालको तुलनामा ५० प्रतिशत कम शुल्कमा उपचार गर्ने जनाएको छ । “हाम्रो मुख्य उद्देश्य भनेको यहाँका बिरामीलाई यहीँ सेवा प्रदान गर्नु हो”, डा लिम्बूले भने, “यसैले हामी कम शुल्कमा बिरामीलाई सेवा दिन चाहन्छौँ ।”
यहाँ यसअघिसम्म भाँचिएको, टुटेको, फुटेकोलगायत हाडजोर्नीसम्बन्धी कुनै पनि सेवा सञ्चालनमा थिएनन् । दुर्घटनामा पर्नेलाई न्यूनतम पाँच घण्टाको यात्रापछि तराईका जिल्लामा लगेर उपचार गर्नुपर्ने बाध्यता थियो । हाडजोर्नीसम्बन्धी सेवा दिने सरकारी अस्पताल पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मात्रै हो ।
पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामलगायत जिल्लाका बिरामीलाई यहाँसम्म पु¥याउन कम्तीमा आठ घण्टा समय लाग्छ । भाँचिएको, टुटेको, फुटेको हड्डी राम्रोसँग नजोडिने, नियमित सेवा तथा परामर्शका लागि महङ्गो शुल्क तिरेर होटेलमा बस्नुपर्ने जस्ता समस्या थिए ।
उक्त अस्पतालले फिदिममै हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएपछि पाँचथरसहित इलाम, तेह्रथुम र ताप्लेजुङका बिरामीले सेवा लिनसक्ने भएका छन् । घरमै हिँड्ने क्रममा लडेर कुर्कुच्चाको हड्डी फुटेपछि उपचारका लागि आएका फिदिम नगरपालिका–५ का रविन तुम्बापोले फिदिममै शल्यक्रिया सेवा पाउँदा खुशी लागेको बताए ।
विशेषत दुर्घटनाका घाइतेको समयमा उपचार हुन नसक्दा हड्डी राम्रोसँग नजोडिने, बाङ्गो जोडिने तथा कतिपयलाई समयमा अस्पताल पु¥याउन नसक्दा मृत्यु नै हुने गरेको थियो । पच्चीस श्ययाको उक्त अस्पतालले सेवा क्रमशः विस्तार गर्दै लैजाने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु
असार १८, २०८१ मंगलबार
साथीसँग फुटबल खेलेर फर्कने क्रममा खोलाले बगाउँदा दुई बेपत्ता
असार १३, २०८१ बिहिबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १९, २०८१ बुधबार
नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार