नेपाली बजारमा भन्सार छलीका सामान धेरै
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १८:२५:२२
९ चैत,सर्लाही । सर्लाहीमा चोरी तस्करी तथा लागुऔषधको ओसारपसार बढेको छ । तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पललगायत सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने, नेपाली बजारमा पाइने घरेलु मदिरा र लागुऔषध भारतीय बजारमा पु¥याउने गरेका पाइएको छ ।
तस्करले जिल्लाका सबैजसो बजारमा अवैध रुपमा भन्सार छलेर ल्याएका सामान पु¥याउन थालेपछि नेपाली व्यापारी मर्कामा परेका जिल्ला सदरमुकाम मलङ्गवाका व्यापारी राजकरण यादवले गुनासो गरे । “त्यस्ता सामान सस्तो मूल्यमा पाइन थालेपछि हामीजस्ता वैध ढङ्गले व्यापार गर्ने ब्यापारीको व्यवसाय नै धरापमा परेको छ ।” नेपाल–भारत सीमा क्षेत्रमा सदरमुकाम मलङ्गवासहित पूर्वमा त्रिभुवन नगर–सोन वर्षा, पर्सा–सहोडवा, नारायणपुर दरवार लालबन्दी, संग्रामपुर नाका र पश्चिममा भेडियाही–लडकवा, खुटौना–भलुवाहा, भाँडसर–कन्हौली, बहादुरपुर, पकडीफेन्हारासहित बलरा नाका खुल्ला सिमाना भएका नाका हुन् । यी नाकाबाट तस्करले अवैध रूपमा भन्सार छलेर सामान ओसारपसार गर्ने गरेका छन् । चोरी तस्करीका कारण राजश्व सङ्कलनमा प्रभाव परेको भन्सार कार्यालय मलंगवाले जनाएको छ ।
चोरी तस्करीका कारण व्यापार, व्यवसाय सुस्त भएकाले जिल्लाको व्यापार, व्यवसाय सहज बनाउन र सीमाको सुरक्षा व्यवस्था चुस्त बनाएर चोरी तस्करी नियन्त्रण गर्न आफुहरु प्रमुख जिल्ला अधिकारी समक्ष डेलिगेसन जाने तयारीमा रहेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार ज्योशीले बताए ।
जिल्ला सदरमुकाम मलंगवा लगायत लालबन्दी, बरहथवा, बयलबास, गोडैता, कौडेना, पकडीफेन्हारा, संग्रामपुर, हरिपुर, हरिवन, नवलपुरलगायत बजारमा भारतबाट भन्सार छलेर आएका सामानका कारण भन्सार बुझाइएका सामान लुप्त रहेको व्यापारीले बताएका छन् । भारतीय बजारमा मदिरा कारोवार गर्न नपाइने भएका कारण सीमावर्ती क्षेत्रका बजारमा यसको कारोवार बढ्दै गएको सीमा क्षेत्रका स्थानीयले बताएका छन् । भारतको बिहार राज्यमा मदिराको कारोवारमा पूर्ण रुपमा प्रतिबन्ध लगाएपछि जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध मदिराको कारोवार बढेको उद्योग वाणिज्य सङ्घ सर्लाहीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षामा कडाइ गरेपनि ससाना छाप्रो बनाएर अवैध रुपमा मदिराको कारोवार हुने गरेको छ । सीमा क्षेत्रमा अधिकांश मदिरा पसल भारतीय नागरिकद्वारा सञ्चालित छन् भने विना दर्ता सञ्चालनमा रहेका मदिरा पसलको नियमन पनि हुन सकेको छैन ।
स्थानीय प्रहरीले मदिराको कारोवार रोक्न सीमा क्षेत्रका पसल सञ्चालकलाई पटक पटक आग्रह गरेपनि प्रहरीको आग्रहको बेवास्ता गरी सीमा क्षेत्रका व्यापारीले मदिराको कारोवार गर्दै आएका छन् । कतिपय ठाउँमा मदिरा बनाउने भट्टीमा छापा मारेर तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने सामान र कच्चापदार्थ जफत तथा नष्ट गरिसकेको भए पनि पुनःसञ्चालन भइरहेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।
नेपाल–भारत सिमा नाका अहिले बन्द रहेको छ । सीमा क्षेत्रका स्थानीयवासीले अवैध रुपमा हुँँदै आएको मदिराको कारोवार रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा चुस्त दुरुस्त पार्न सर्लाहीका प्रमुख जिल्ला अधिकारीसँग पटकपटक आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार