गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुक्रबारदेखि
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार २०:३८:५४
९ चैत,दमौली । राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित तनहुँको शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।
शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा चैत १३ गतेदेखि १५ गतेसम्म खेल सञ्चालन हुनेछ । शुक्लागण्डकी नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगिताका संयोजक एवं वडाध्यक्ष दीर्घबहादुर थापाले प्रतियोगितामा सहभागिताका लागि प्रदेशका ८५ वटै पालिकालाई आमन्त्रण गरिएको जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब रु २५ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदका साथै शिल्ड र कप प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई रु दश हजार प्रदान गरिने प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कष्ट ब्लकर, उत्कृष्ट डिफेन्डरलाई पनि रु पाँच÷पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । नगरप्रमुख किसान गुरुङले दक्ष र अनुशासित नागरिक उत्पादनका लागि खेलको महत्वपूर्ण भूमिका रहने बताउँदै स्थानीय तहमा निर्वाचित भएको लामो समयपछि पहिलो पटक पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । “खेलकूदले मानिसलाई स्वस्थ र अनुशासित बन्न त सहयोग पुग्छ नै साथै देशका लागि पनि दक्ष जनशक्ति उत्पादन गर्न मद्दत मिल्छ,” उनले भने ।
उपप्रमुख सविता रसाइलीले युवाशक्तिलाई विकृति र विसङ्गतिबाट मुक्त गराउन खेलको भूमिका रहने बताए । नगरपालिकाको आयोजनामा केही समय अगाडी मात्रै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता समेत सम्पन्न भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार