झापा विद्रोहका प्रधान र डाँगीलाई ४७ वर्षपछि शहीद घोषणा
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार २२:५५:११
९ चैत,झापा । झापा विद्रोहका क्रममा पञ्चायती शासकद्वारा शहादत प्राप्त राम प्रधान र चन्द्र डाँगी ४७ वर्षपछि शहीद घोषणा भएका छन् । उनीहरुलाई यही चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको हो । विसं २०७२ मा सरकारले सुखानी जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई शहीद घोषणा गरे पनि उनीहरु दुई जना छुटेका थिए ।
समकालीन योद्धा केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला उनीहरुलाई शहीद घोषणा गरेका हुन् । यो राज्यले उनीहरुप्रति गरेको उच्च सम्मान भएको अर्का योद्धा तथा तत्कालीन संविधानसभा सदस्य मनकुमार गौतमले बताए । उनका अनुसार सुखानीका तत्कालीन पाँच योद्धालाई पनि उनले पहिलोपटक प्रधानमन्त्री हुँदा शहीद घोषणा गरेका हुन् ।
प्रधानलाई विसं २०३० कात्तिक ४ गते इलामको शान्तिपुरमा एक किसानको घरको कोठाभित्र आश्रय लिएर सुतेका अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइराले घोचीघोची हत्या गरेका थिए । डाँगीलाई भने बिर्तामोडस्थित गरामनीमा आफ्नै घरमा प्रहरीले गोली हानी हत्या गरेको थियो । प्रधानका समकक्षी खडानन्द वाग्लेले विसं २०५४ मा तत्कालीन बुधबारे गाउँ पञ्चायतमा आफू अध्यक्ष हुँदा हाल बुद्धशान्ति गाउँपालिका–१ स्थित भोटेटारमा उनको अर्धकदको शालिक बनाइएको बताए ।
सोही स्थानमा रामकी धर्मपत्नी इन्द्रमाया र दुई छोराले मजदूरी गरेर जीपनयापन गरिरहेको वाग्लेको भनाइ छ । आर्थिक अवस्था नाजुक भएको सो परिवारलाई हालसम्म कसैबाट पनि सहयोग नभएको उनले जानकारी दिए । “उनी पञ्चायती शासनविद्धको आन्दोलनमा होमिए”, वाग्लेले भने, “घरको अवस्था त्यही बेला कमजोर थियो, छोराछोरीले पढ्न लेख्न पाएनन् ।” उनको हत्यापछि पढाइलेखाइ नभएका सन्तानले जागिर खाने कुरा भएन । अहिले मजदूरी गरेर जीवन निर्वाह गरिरहेका छन् ।”
त्यसैगरी विसं २०३० साउन २० गते डाँगीको भने प्रहरीले घरमै गोली हानी हत्या गरेको थियो । साविक बिर्तामोड–७ नडियाबारीमा सेल्टरका रुपमा रहेको उनका घरमा तत्कालीन झापा आन्दोलनका योद्धाको गोप्य बैठक चलिरहेका अवस्थामा प्रहरीले घेराउ गरेको थियो । प्रहरीको घेरा तोडेर भाग्ने क्रममा उनलाई गोली हानेर हत्या गरिएको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का जिल्ला सदस्य शिव ढुङ्गेलले बताए ।
हाल बिर्तामोड–९ मा डाँगीको परिवार बसोबास गर्दै आएको छ । उनकी धर्मपत्नी र दुई छोरा छन् । सरकारले हालसम्म उनका नाममा कुनै पनि सहयोग नगरेको बताइएको छ । दुवै परिवारका सदस्यले सरकारले उनीहरुलाई उच्च सम्मान दिँदै शहीद घोषणा गरेकामा खुशी व्यक्त छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार