राष्ट्रिय कृषि गणना आउँदो २०७८ सालमा हुने
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १८:४६:१
९ चैत, वाग्मती । प्रत्येक १० वर्षमा केन्द्रीय तथ्याङ्क विभागद्वारा हुने राष्ट्रिय कृषि गणना आउँदो २०७८ सालमा हुने भएको छ । आउँदो सालमा तराईमा पुसदेखि फागुनसम्म र हिमाली जिल्लामा आउँदो २०७९ को वैशाखदेखि असारसम्म जनगणना हुने बताइएको छ ।
जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरद्वारा सो गणनाका तयारी सम्बन्धमा सरोकारवालाहरुसँग आज हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । सो कार्यालयका प्रमुख राजेश दासले कृषि गणनाको उद्देश्य, गणना विधि, कृषिमा पर्ने प्रभाव, कृषिको चलनचल्ती, कृषिबाट हुने उत्पादन, आम्दानी, लगाइने बाली, ढुवानी, बजार व्यवस्था, बिक्री तथा भोग्नुपर्ने समस्यालगायत विषयमा गणना गरिने जानकारी दिए ।
एफएओ र डब्लुपिसिएको मार्ग दशर्नका आधारमा गरिने सो गणनामा तीन लाख २५ हजारदेखि तीन लाख ५० हजार कृषक परिवारबाट प्रत्यक्ष अन्तर्वार्ता गरी तथ्याङ्क सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक लीला मिश्रले बताए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कृषि गणना जनताको रोजीरोटीसँग जोडिएकाले यो अत्यन्त निष्पक्ष एवम् विश्वसनीय हुनुपर्ने बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पनि तथ्याङ्क हचुवाका आधारमा होइन सही सूचकका आधारमा सङ्कलन गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार