मेला पर्व, भोजभतेर र पार्टीमा भिडभाड नगर्न आग्रह
नेपालबहस संवाददाता
चैत १२, २०७७ शुक्रबार ०:५१:१३
१२ चैत, दाङ । जिल्ला प्रशासन कार्यालयले कोभिड– १९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज सूचना जारी गर्दै छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकमा थप कोभिड क्रियाशील भई संक्रमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले एक सूचना जारी गर्दै भारतको खुला सीमा नाकाका कारण मानिसको आवतजावत हुनुका साथै शहरी तथा ग्रामीण क्षेत्रमा मानिसको चहलपहल बढेकाले संक्रमणको उच्च जोखिम रहेको बताए ।
उनले नागरिकलाई सजक र सर्तक रही स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, नियमित साबुनपानीले हात धुन, स्यानीटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय र सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे । त्यसैगरी प्रशासनले फागुपूर्णिमालगायत मेला पर्व, भोजभतेर र पार्टीमा समावेश नहुन, जमघट एवं भिडभाड नगर्न आग्रह गरेको छ ।
कोभिड– १९ को लक्षण देखिएमा तत्काल तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना जाँच गराउन र जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि यसअघि सहमति लिएको भए पनि सो सहमति रद्ध गरिएको र कार्यक्रम सञ्चालन नगर्न भनेको छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा संक्रमण रोग एने २०२० बमोजिम कारवाही हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार