सञ्चार सेवामा जोडिए तीन दुर्गम गाउँपालिका
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १५:३४:६
१३ चैत, जाजरकोट । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट वञ्चित तीन गाउँपालिकामा टेलिकमले टावर निर्माण गरी सेवा प्रारम्भ गरेपछि स्थानीयवासीले सहजरूपमा सञ्चार सुविधा पाएका हुन् ।
जिल्लामा निर्माणाधीन सातवटा नमस्तेको टावरमध्ये जुनीचाँदे र शिवालय गाउँपालिकामा केही दिनअघि तथा बारेकोट गाउँपालिकामा बिहीबारदेखि सेवा सञ्चालनमा आएको हो । टावर निर्माणसँगै बारेकोटका सबै वडा, जुनीचाँदेका सबै वडा, शिवालयका सबै वडा र छेडागाड नगरपालिकाका केही वडामा बसोबास गर्ने स्थानीयवासीमा सञ्चार सुविधा पुगेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।
यसअघि टावर नहुँदा टेलिफोनको निकै समस्या झेल्नुपरेको थियो । एक कल फोन गर्न घण्टौँ टाढा जानुपर्ने बाध्यता हटेको बारेकोट–५ पाखाका जनकबहादुर शाहीले बताए । टुजी सञ्चालनमा आएको बारेकोटमा छिट्टै फोरजी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । जुनीचाँदे र शिवालयमा भने फोरजी सेवासमेत सञ्चालनमा आइसकेको छ ।
दुई वर्षअघि सम्पन्न हुनुपर्ने यी टावर भारतीय कम्पनीले ठेक्का लिएर बीचमै छाड्दा ढिला भएको थियो । निरन्तर दबाबपछि १० जिल्लाको काम एकैपटक गर्दा जाजरकोटमा निर्माण हुने टावरका काम ढिला हुने भएकाले जाजरकोटको कामलाई अलग गरेर काम गर्न प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले टेलिकमलाई आग्रह गरेअनुसार टेलिकमले अलग बोलपत्र आह्वान गरेर काम गरेको थियो ।
अलग गरेको छ महिनाभित्र जाजरकोटका तीन पालिकामा टावर निर्माण भएका छन् । नलगाड नगरपालिका–८ गराइलामा टावर निर्माण जारी छ । त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सर्भेको काम सम्पन्न भएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार