एकीकृत बस्ती व्यवस्थापन गर्न प्रारम्भिक अध्ययन पूरा
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १६:४५:५६
१३ चैत,रसुवा । उपयुक्त स्थानमा भूमिको छनोट गरी आवासविहीन परिवारलाई एकीकृत बस्तीको व्यवस्थापन गर्न प्रारम्भिक अध्ययन कार्य पूरा भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रसुवाद्वारा जिल्लाभित्रका पाँचवटै गाउँपालिका क्षेत्रभित्रको वस्तुस्थिति अध्ययन, स्थानीय तहका पदाधिकारीसँगको छलफल एवं अन्तरक्रियाबाट सुकुम्बासीको पहिलो खाका तयार पारिएको हो ।
पहिलो चरणको अध्ययनले रसुवा जिल्लामा करिब ५० भूमिहीन र २०० अव्यवस्थित बसोबास गर्ने व्यक्ति रहेको आकलन गरेको भूमिसम्बन्धी समस्या आयोगका विज्ञ सदस्य सुष्मा न्यौपानेले बताइन् । भूमिहीन दलित एवं सुकुम्बासीलाई आवास तथा कृषियोग्य जमिनको व्यवस्थापनमा मद्दत पुर्याउने विगतका आयोगले गरेका कामअन्तर्गत अधुरा कामको अध्ययन एवं समाधानको बाटो पहिल्याउने मुख्य उद्देश्यका साथ गृहकार्य अगाडि बढिरहेको छ ।
नापी, वन, मालपोत कार्यालय र जिल्ला समन्वय समितिका प्रमुखसमेत समावेश भएको सात सदस्यीय जिल्ला समितिले विगतमा आयोगद्वारा सङ्कलित सुकुम्बासीका मागपत्रसमेत एकसाथ अध्ययन गरिरहेको बताइन्छ । जोखिम क्षेत्र भनी कानूनले तोकेका र भूगर्भविद्ले सिफारिस गरी बस्न नहुने भनी तोकेका स्थानमा बासस्थान लिइरहेका वास्तविक भूमिहीनलाई योजनाबद्ध तरिकाले स्थानान्तरण गर्ने, कृषिकर्ममा संलग्न दलित एवं अन्य भूमिहीन सुकुम्बासीलाई कृषिका लागि उपयुक्त जग्गा उपलब्ध गराउने समेतका लक्ष्य रहेको बताइएको छ ।
रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ, केराघारी तथा वडा नं १ र २ अन्तर्गत सानोहाकु, फूलबारी, उत्तरगया गाउँपालिकाको वडा नं १ गोगने, मैलुङ करूम्राङजस्ता क्षेत्रमा बढी जोखिम मानिँदै आएको र समितिको पहिलो अध्ययन त्यस क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार