विश्वयुद्ध-४ नामक गेम अप्रिल ४ मा लन्च हुँदै
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १७:४३:४
१३ चैत, काठमाडौं । एस्ट्रिक टेक्नोलोजीले वल्र्डवार–४ नामक नयाँ खेल सार्वजनिक गर्ने भएको छ । एन्डगेम्स एक नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनी हो ।
टेक्स्ट बेस्ड अनलाइन मल्टीप्लेयर रोल प्लेइङ्ग गेम, (विश्वयुद्ध-४) वल्र्ड वार ४–एन्डगेम्स, सार्वजनिक हुने मिति तोकेको छ । एन्ड्रोइड प्लेटफर्ममा गुगल प्लेस्टोर मार्फत अप्रिल ४, २०२१ मा लन्च गरिने भएको छ ।
यस गेममा २०३० को समयको परिकल्पना गरिएको छ । जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानव जातिमा नराम्रो प्रभाव परिसकेको हुन्छ र मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ । त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन। र उनीहरु प्नि अझै संयुक्त सरकारको लागि लडिरहेका छन् ।
गेममा खेलाडीले एक विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछ, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछ। गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छ। खेलाडिले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन् ।
खेलाडिले कच्चापदार्थ उत्पादन गर्न, विभिन्न वस्तु उत्पादन गर्न, आयात/निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नु पर्नेछ ।
बाँकी रहेका ८ शक्ति राष्ट्र पनि आफ्ना सबै श्रोतहरु प्रयोग गरी एक अर्का माथि आफ्नो अधिन जमाउने कोसिसमा हुनेछन्, र खेलाडिले डुम्सडे (प्रलयको दिन) टिकेर विस्तारै सकिँदै गएको महसुस गर्नेछन्, र गेम सो दिनतर्फ अघि बढेसँगै, खेलाडीसँग एक आपसमा संगठित हुने बाहेक केही विकल्प बाँकी रहने छैन। सबैजना आफ्नो जीवनको लागि संघर्ष गरिरहेको बेला पृथ्वीलाई केही ‘अज्ञात प्रजाति’ ले हमला गर्नेछन् जसले मानवताको अन्त्यको सुरुवातलाई ट्रिगर गर्दछ ।
मुख्य विशेषता
· प्रत्येक १०० दिनको एक सिजन हुनेछ
· विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास
· आर्थिक प्रभुत्वको लागिविभिन्न स्रोतहरुको उचितव्यवस्थापन
· वास्तविकबजार तथ्याङ्कमाआधारित स्टक मार्केट, जसले खेलाडिहरुलाई प्रत्येक १० सेकेण्डमा ताजा तथ्याङ्क सहितबजारको उतारचढावलाई बुझ्न सहयोग गर्नेछ।
यो गेम निःशुल्क खेल्न पाइने छ तर, विभिन्न चरित्रको पहिरनका लागि केही इन एप पर्चेजहरु छन्। यद्यपि यसमा पैसा तिरेर गोल्ड खरिद गर्न पाइने छैन जसले गर्दा पैसा तिर्नेहरुले मात्र यो खेल जित्न सक्छन् भन्ने मान्यतालाई झुठो सावित गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार