कडा सुरक्षा घेराकाबीच प्रचण्ड नर्भिक अस्पतालमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १३, २०७७ शनिबार ०:३५:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/parchanda_fXiRsmkJ0b.jpg)
१३ चैत, काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आज नर्भिक अस्पताल पुगेका छन् ।
प्रचण्ड आफ्ना पार्टीका एक केन्द्रीय नेताकी बिरामी आमालाई भेट्न थापाथलस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका हुन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिक अस्पतालमा गएको ४ दिनदेखि उपचार भइरहेको छ । दम रोगको समस्याबाट प्रताडित भएपछि उनलाई अस्पताल भर्ना गरिएको परिवार स्रोतले जनाएको छ । उनलाई भेट्न प्रचण्ड नर्भिक गएका हुन् ।
नर्भिक पुगेका प्रचण्डले बिरामी आमा, नेता श्रेष्ठ र आफन्तलाई भेटेका छन् । उनले अस्पतालमा १५ मिनेट समय बिताएको केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
कडा सुरक्षा घेराबीच अस्पताल पुगेका प्रचण्डले बिरामी र आफन्तलाई पार्टीको काममा बढी व्यस्त हुन परिरहेको उल्लेख गर्दै आइरहन नभ्याउने भन्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
श्रेष्ठको उपचार नर्भिक अस्पतालका चिकित्सक डा. रमेशकुमार चोखानी नेतृत्वको टिमले गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार