मुखाकृति बिग्रीएर चिन्तित हुनेका लागि नर्भिकले ल्यायाे खुशीको खबर
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार २२:३७:५९
१६ चैत, काठमाडौं । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति अब नेपालमा नै मिलाउन सकिने भएको छ । अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरुको संख्या बढ्दो छ । तर, अब यो बाध्यता हटेको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने अत्याधुनिक शल्यक्रिया सेवाको थालनी गरेको हो ।
जर्मन र ताइवानबाट विशेष तालिम प्राप्त गरी स्वदेश फर्किएका नेपाली चिकित्सकहरुको सहयोगमा नर्भिकले यो सेवाको सुरुवात गरेको हो ।
उच्चतम अत्याधुनिक प्रविधिको प्रयोग गरी नर्भिकमा डा. किशोर भण्डारी र डा.मनीष बज्राचार्यको टिमले यस्तो शल्यक्रिया सेवा दिन सुरु गरेको हो । यस्तो सेवा नेपालका कुनै पनि अस्पतालले उपलब्ध गराएका छैनन् ।
असामान्य देखिने अनुहारको आकृति आधुनिक प्रविधिको प्रयोगबाट शल्यक्रियामार्फत मिलाउने यस्तो सेवा उपलब्ध गराउने नर्भिक देशकै पहिलो अस्पताल समेत हो ।
के हो अनुहारको असामान्य आकृति ?
अनुहारको माथिल्लो र तल्लो हड्डीबीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई फेसियल डिफर्मिटिज भनिन्छ । यसको शल्यक्रियाद्वारा गरिने उपचार विधिलाई यचतजयनलबतजष्अ कगचनभचथ भनिन्छ ।
शारिरीक विकास हुने क्रममा अनुहारका हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका फेसियल डिफर्मिटिज उत्पन्न हुनसक्छन् । जस्तै : अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, तल्लो भागको हड्डी अस्वभाविक रुपले धेरै विकास हुनु, च्यूडो बांगिएर अनुहारको आकृति असामान्य हुनु, माथि र तलको दाँतको समन्वय नमिल्दा मुख बन्द नहुनु आदि । यसको अलावा बाल्यकालमा अनुहारमा लागेका चोटपटककको सही उपचार नहुँदा पनि युवा अवस्थामा अनुहारको बनावट असामान्य रुपले विकास हुनसक्छ ।
कस्तो असर गर्छ ?
यसप्रकारको अवस्थाले गर्दा अनुहारको आकृति असामान्य हुनुको साथै दैनिक क्रियाकलापमा समेत भौतिक र मानसिक असर देखिने गर्दछ । उदाहरणका लागि राम्ररी खाना चपाउन नसक्नु, बोली स्पष्ट नहुनु, बोल्दा थुक बाहिर उछिट्टिनु, अनुहारको मांशपेसीमा अत्यधिक दवाब पर्न गई अनुहारको जोर्नीमा नकारात्मक असर पर्नु, श्वासप्रश्वास नली साँघुरिएर निद्रामा असर पर्नु, अनुहारको असामान्य आकृतिले गर्दा आत्माविश्वासको कमी हुनु आदि ।
कसरी गरिन्छ उपचार ?
डा. किशोर भण्डारीका अनुसार सामान्यतया यस्तो अपरेशनअघि दाँतमा ब्रेसेज बाँधिन्छ र अपरेशनद्वारा अनुहारको माथिल्लो र तल्लो हड्डीलाई नयाँ पोजिसनमा सारी टाइटेनियम प्लेट्स र स्क्रूले फिक्स गरिन्छ । सम्पूर्ण शल्यक्रिया मुखभित्रबाट गरिन्छ, जसले गर्दा अनुहारमा कुनै पनि प्रकारको दाग देखिदैन । यस्तो शल्यक्रिया अवधि ४–६ घण्टाको हुन्छ । शल्यक्रियापछि धेरैमा ३ दिन मात्र अस्पताल बस्नुपर्ने हुन्छ । बिरामीले काम, पढाई वा दैनिक कामबाट १–२ हप्तासम्मका लागि विदा लिनुपर्ने हुन्छ । ६ हप्तासम्म झोलिलो खानेकुरा मात्र खानु पर्छ । शल्यक्रियाको २–३ हप्तापछि ब्रेसेज बाँध्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि डेढ वर्षसम्म जारी रहन्छ ।
नर्भिकमा यस खालको शल्यक्रियामा संसारभरिमै उत्कृष्ट मानिने भर्चुअल सर्जिकल प्लानिङ(भीएसपी) अर्थात कम्प्युटुरको सहायताले अनुहारको बनौट निक्र्यौल गरिने आधुनिक तथा उच्चतम प्रविधि प्रयोगमा ल्याएको छ ।
गुगलबाट लिएकाे तस्वीर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार
भक्तपुर पुगेर प्रधानमन्त्री र संस्कृतिमन्त्रीले भने, नेपाल भाषालाई पाठ्यक्रममा समावेश गराइन्छ
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार