पर्यटन जागरणका लागि घरवास सचेतना
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १६:५५:१४
१९ चैत,गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशको आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ ।
कोरोना कहरका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पुर्नजागरण गराउने लक्ष्यका साथ दुबै होमस्टेका सञ्चालकका लागि गत चैत २० र २१ गते घरवास सचेतना गर्न लागिएको पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष रेनु थापा मगरले जानकारी दिईन । घरवास पर्यटनका पर्याप्त सम्भावना रहेका लब्सी बोट र भुक देउरालीमा आगामी दिनमा पर्यटकको आगमन बढाउन पनि कार्यक्रम महत्वपवूर्ण बन्ने विश्वास लिइएको उनले बताईन ।
सचेतनानका क्रममा पर्यटकलाई गरिने आतिथ्यता, सत्कार, स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ । संघका निवर्तमान अध्यक्ष लक्की कार्की क्षेत्री, अध्यक्ष रेनु थापा मगर, महासचिव शोभा पाण्डे न्यौपाने लगायत पर्यटन क्षेत्रका विज्ञबाट होमस्टे सञ्चालकहरूलाई तालिम तथा प्रशिक्षण दिइने संघले जनाएको छ ।
कोरोनाका कारण लामो समयसम्म प्रभावित गण्डकी प्रदेश भित्रका विभिन्न जिल्ला तथा स्थानमा सञ्चालित होमस्टेहरूमा पछिल्ला दिन आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएका अवस्थामा नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि अघि बढाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार