गायिका बनाइदिने प्रलोभनमा परेपछि किशोरीहरु भारत पुगेको खुलासा
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १७:१५:५२
१९ चैत, काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिका वडा नम्बर–८ धर्मपुरा घर भएका ७ किशोरीहरुलाई अपरिचित महिलाले गायिका बनाइदिने प्रलोभन देखाई ललाई–फकाई भारतको सितामढी पुर्याएको खुल्न आएको छ । प्रहरीसँग प्राराम्भिक बयानको क्रममा उनिहरुले चउरमा घाँस काट्न जाँदा एक अपरिचित महिलाले ‘गायिका बनाईदिन्छु’ त्यहाँ लगेको बताएका छन् । बालिकाहरुलाई गायिका बनाइदिन्छु भनेर बम्बई लैजान खोजेको आशंका गरिएको छ ।
७ जना किशोरीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भारतबाट नेपाल ल्याएको हो । उनिहरुलाई हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । उनिहरु प्रहरीसँग बोल्न धक मानिरहेको परिवारल छन् । उनिहरुलाई बुधवार राति शसस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर नेपाल ल्याएको हो । किशोरीहरुलाई नेपाल ल्याउन नेपाल प्रहरीका प्रनानी (सई) नेतृत्वको टोली पनि नेपाल–भारत सीमाको भिट्टामोड पुगेको थियो ।
बिहारको सितामढीस्थित रेल्वे स्टेशनमा भारतीय प्रहरीले किशोरीलाई फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो । भारतीय गैरसरकारी संस्था चाइल्ड लाईनले उनीहरुलाई बुधवार दिनभर काउन्सेलिङ गरेको थियो ।घाँस काट्न भनेर घरबाट निस्केका उनीहरुलाई कसले र किन त्यहाँ पुर्यायो भन्नेबारे महोत्तरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मंगलबार दिएँसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार