सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गरिने
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार २२:२:६
१९ चैत,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मन्त्रालयद्धारा आज आयोजित ‘दूरसञ्चार सेवाको पहुँच प्रवाह तथा गुणस्तर’ विषयक अन्तक्र्रिय कार्यक्रममा उनले भने, “सूचना र प्रविधिमा सबैको पहुँच विस्तार गर्नका लागि सूचना प्रदायक निकाय र जनप्रतिनिधिसँग छलफल गरी आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनेछ ।”
मन्त्री गुरुङले सातै प्रदेशमा सूचना र प्रविधिको विस्तार र विकासमा भएका पहलको समीक्षा गरी नयाँ योजना तयार गरिने जानकारी दिए । कार्यक्रममा सूचना र प्रविधिको विकास र विस्तारमा प्रदेश नं १ मा भएका प्रयासको समीक्षा गर्दै सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रबाट निर्वाचित सांसदको सुझाव सङ्कलनसमेत गरिएको छ । मन्त्रालयले शुक्रबारदेखि सातै प्रदेशमा सूचना प्रविधिका क्षेत्रमा भएका प्रगतिको समीक्षा गरी सुझाव सङ्कलन गर्ने भएको छ ।
सो अवसरमा प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुले नेपाल टेलिकमले इन्टरनेट र मोबाइल नेटवर्कमा आउने समस्या समाधन गर्नुपर्ने सुझाव दिए । सांसद डा विजय सुब्बाले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार गरी आम नागरिकको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए । अर्का सांसद यज्ञराज सुनुवारले प्रदेश नं १ को पहाडी जिल्लामा अझै सञ्चारको पहुँच पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ मा दूरसञ्चारसम्बन्धी रणनीति बनाउने तयारी गरेको जानकारी दिए । दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विगत तीन वर्षयता इन्टरनेट विस्तारको काम द्रूतगतिमा अघि बढाइएको जानकारी दिए । आर्थिक वर्ष २०८१÷८२ सम्ममा थप नौ लाख सेवाग्राहीको घरमा इन्टरनेट सेवा विस्तार गरिने उनको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार सेवा कोष प्रयोग गरी सूचना महामार्ग निर्माणमा अप्टिकल फाइवर बिछ्याउने काम भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार