एनभिए भलिबल लिग : एपिएफ र पुलिस क्लब विजयी
नेपालबहस संवाददाता
चैत १९, २०७७ शुक्रबार ३:६:५६
१९ चैत, काठमाडौं । पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक ‘आरबिबी’ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’ को कभर्डहलमा आजदेखि शुरु भएको प्रतियोगितामा एपिएफले बुलबुले रारा क्लबलाई ३–१ सेटले पराजित गरेको हो । एपिएफले बुलबुले क्लबलाई २५–२०, २८–२६, १८–२५ र ३२–३० सेटमा हराएको हो । बुलबुलेले तीन पाकिस्तानी खेलाडीलाई आफ्नो टोलीमा समावेश गरे पनि एपिएफविरुद्धको खेल जित्न सकेन । एपिएफले पनि पहिलो र दोस्रो सेट जितेपनि तेस्रो सेटमा पराजय भोग्यो । एपिएफले चौथो सेट पनि मुश्किलले जितेको थियो ।
यस्तै आजै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले नयाँबजारलाई २५–९, २५–२१ र २५–१६ अङ्कले पराजित गरेको हो ।
यस्तै महिलातर्फको खेलमा न्यू डायमण्ड क्लबले ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा हरायो । न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–५ अङ्कले पराजित गरेको हो । प्रतियोगितामा पुरुषतर्फ सात तथा महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । महिलातर्फ एपिएफ, आर्मी, पुलिस, न्यू डायमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् तथा पुरुषतर्फ एपिएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब र मणिमुकुन्द सहभागी छन् ।
महिला र पुरुषतर्फको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रोले रु ७६ हजार तथा चौथोले रु ३७ हजार ५०० पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार तथा उत्कृष्ट लिबरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार