हात्तीपाइले विरुद्धको चक्की खुवाउने अभियान सुरु
नेपालबहस संवाददाता
चैत २०, २०७७ शनिबार ०:२९:५९
२० चैत, विराटनगर । हात्तीपाइले विरुद्धको चक्की खुवाउने अभियान सुरु भयो । जनस्वाथ्य कार्यालय मोरङद्वारा विराटनगरको ट्राफिक चोकमा आज आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला समन्वय समितिका संयोजक नरेशकुमार पोखरले र कोशी अस्पतालका प्रमुख डा चुमनलाल दासले सामूहिक रुपमा औषधि खाई अभियानको शुभारम्भ गेका हुन् ।
ट्राफिक चोकमा रहेको स्वास्थ्य केन्द्रमा औषधि खाने मानिसको उल्लेखनीय सहभागिताले केही समय तछाडमछाडको स्थिति पनि देखियो ।हात्तीपाइले विरुद्धको यो अभियान १०औँ चरणको हो । छैटौँँ पटकमा सकिने अभियान सबै मानिसहरुले औषधि नखाँदा यो अभियान लम्बिएको स्वास्थ्य कार्यालयका प्रवक्ता धरनीधर निरौलाले जानकारी दिए ।
यसपटक सबै जनाले खाएको सुनिश्चिच नभएसम्म औषधि खुवाउने अभियान जारी रहने र सम्भवतः चैत मसान्तसम्ममा सबै नागरिकलाई औषधि सेवन गराइसक्ने प्रवक्ता निरौलाले बताए । दुई वर्षदेखि पाँच वर्षकाले एक चक्की, छ देखि १४ वर्षकाले दुई चक्की तथा १५ वर्ष माथिकाले तीन चक्कीसहित जुकाको एक चक्की खानु पर्ने र यो रोगको संक्रमण भएकाले औषधि खाँदा सामान्य वाकवाकी लाग्ने, टाउको दुःखने र रिङ्गटाले लक्षण देखिने प्रवक्ता निरौलाले भने।
उनका अनुसार मोरङमा नौ लाख २४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने भनिएको छ । मोरङको मझारे, दादरबैरिया र जहदामा अझै पनि हात्तीपाइले रोगी भेट्टिएको बताइएको छ ।
शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, खातखुट्टा सुनिएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्तीपाइले रोग हो भनिएको छ । प्रदेशमा १४ जिल्ला रहे पनि यो औषधि मोरङ, धनकुटा र झापामा पनि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईका अनुसार यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन ४०० केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए, भने जनस्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले छ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्थानीय तहले आफ्ना सुविधानुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार