शैतानी जुत्ताको बिक्री रोकियो
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १६:३१:२४
२२ चैत, एजेन्सी । मानिसको रगत राखिएको तानी जुत्ताको बिक्री रोकिएको छ । चर्चित कम्पनी नाइकीले ब्रुकलिनको कला सङ्ग्रहालय एमएससीएचएफलाई मानिसको रगतको थोपा भएको विवादित शैतानी जुत्ताविरुद्ध दायर मुद्दा जितेपछि शैतानी जुत्ताको बिक्री रोकिएको हो ।
उल्टो क्रस, पेन्टाग्राम र ल्युक १०: १८ लेखिएको उक्त जुत्ता नाइकीको एअर म्याक्स नाइन्टीसेभेन एस जुत्ताको स्वरूप परिवर्तन गरेर तयार पारिएको हो। त्यसको मूल्य १,०१८ डलर राखिएको छ।
एमएससीएचएफले र्यापर लिल नास एक्ससँग सहकार्य गरेर ६६६ जोर जुत्ता सोमवार सार्वजनिक गरेको थियो। नाइकीले आफ्नो ट्रेडमार्कको दुरुपयोग भएको दाबी गर्दै त्यसको बिक्री रोक्न मुद्दा दायर गरेको थियो। बीबीसी समाचारका अनुसार ती सबै जुत्ताहरू एक मिनेटभन्दा कम अवधिमा बिक्री भएको र एउटा बाहेक सबै हुलाकमार्फत् पठाइसकिएको बताइएको छ।
कालो र रातो रङ्गका जुत्ता लील नास एक्सको नयाँ गीत सार्वजनिक भएको अवसरमा सार्वजनिक गरिएको थियो। यूट्युबमा अघिल्लो साता सार्वजनिक भएको गीतको म्युजिक भिडिओमा ती र्यापरले नाइकी ट्रेनर्स लगाउँदै स्वर्गदेखि नर्क पुग्ने एउटा बाटोमा चिप्लिरहेको देखाइएको छ।
समाचारका अनुसार प्रत्येक जुत्ताको सोल नाइकीको प्रख्यात सोल हो जसमा एक थोपा मानिसको रगत सहित थोरै रातो मसी राखिएको छ।
ती रगतका थोपाहरू एमएससीएचएफका सदस्यहरूले दान गरेका हुन्।
नयाँ जुत्ताका कारण कम्पनीले आफ्नो उत्पादनलाई त्यसरी प्रयोग गर्न अनुमति दिएको भन्ने गलत सन्देश दिएको उक्त कम्पनीको भनाइ थियो।साउथ डाकोटाकी गभर्नर क्रिस्टी नोइमसहित कतिपय पुरातनवादी र केही धार्मिक व्यक्तिहरूले जुत्ताको विवादास्पद स्वरूपप्रति आपत्ति जनाउँदै नील नास एक्स र एमएससीएचफलाई ट्विटरमा आलोचना गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार