बर्दियामा गैँडा गणना स्थगित, पर्यटकीय गतिविधि पनि बन्द
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १६:४:५७
२३ चैत, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट निकुञ्जका कर्मचारीकै मृत्यु भएपछि जारी गैँडा गणना स्थगित भएको छ ।
निकुञ्जका अनुसार आइतबार बेलुका गैँडा गणनामा खटिएका माउतेलाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट माउतेको मृत्यु भएपछि सोमबार एक दिनका लागि गैँडा गणना रोकिएको छ । सुरक्षात्मक प्रबन्ध मिलाएर मंगलबारदेखि पुनः गणना सुरु हुने निकुञ्जले जनाएको छ । सोमबारका लागि पर्यटकीय गतिविधि पनि बन्द गरेको निकुञ्जले जनाएको छ ।
चैत ९ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु भएको राष्ट्रिय गैँडा गणना अन्तर्गत बर्दियामा गएको बुधबार ‘चैत १८ गते’ देखि गणना सुरु भएको हो। बर्दियामा गैँडा गणनाका लागि अझै एक हप्ता लाग्ने छ । झण्डै १० वर्षको भाले बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ गैँडामचान ‘राष्ट्रिय निकुञ्ज क्षेत्र’ गैँडा गणनाका लागि खटिएका हात्तीका माउते ३५ वर्षका पुलिसराम थारुको निधन भएको हो।
आक्रमणकारी बाघलाई नियन्त्रणमा लिएर निकुञ्जमै राखिएको र केन्द्रीय चिडियाखाना पठाउने तयारी भइरहेको निकुञ्जले जनाएको छ ।बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो समय बाघको आक्रमण लगातार हुँदै आएको छ । पछिल्लो २० महिनामा आइतबारको घटनासहित बाघको आक्रमणबाट २० जनाको ज्यान गएको छ ।
साउन यता मात्रै बर्दिया जिल्लामा बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीसहित १० जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । पछिल्लो गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटेबाघ छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार