मान्छेलाई आक्रमण गर्ने बाघलाई बर्दियाबाट काठमाडौं ल्याउने तयारी
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १९:१३:१८
२३ चैत, बर्दिया । मान्छेलाई आक्रमण गर्ने बाघलाई बर्दियाबाट काठमाडौं ल्याउने तयारी भएको छ । आइतबार नियन्त्रणमा लिइएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले काठमाडौं ल्याउने तयारी गरेको हो । उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि बर्दिया ठाकुरद्वाराबाट पठाउन लागिएको निकुञ्जले जनाएको छ ।
बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । गैंडा गणनामा खटिएका एक कर्मचारी आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको बाघले आक्रमण गर्दा ज्यान गएको थियो । वन्यजन्तु प्राविधिकहरुले आइतबार राति नै उक्त बाघलाई पछ्याउँदै डार्ट गरेर नियन्त्रणमा लिएर खोरमा राखेका थिए । यसअघि पनि निकुञ्जले कात्तिकयता आइतबारसम्म पटक–पटक मान्छेलाई आक्रमण गर्ने ४ वटा बाघ नियन्त्रणमा लिएको थियो ।
गेरुवा गाउँपालिकाबाट दुई, मधुवन नगरपालिका र निकुञ्जभित्रैबाट एक र एक वटा बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामध्ये बाँके निकुञ्जको खोरमा राखिएको एउटा बाघ खोर भत्काएर भागेको थियो । एउटा बाघ निकुञ्जको रम्मापुर र अर्को ठाकुरद्वारा खोरमा छ ।
गत वर्ष पनि एउटा बाघ नरभक्षी भएको शंकामा निकुञ्जले नियन्त्रणमा लिएको थियो । त्यो बूढो बाघ भने प्राकृतिक कारणले खोरमै मरेको थियो । गत वर्षदेखि बर्दिया निकुञ्जभित्र र बाहिर बाघको आक्रमण बढेको छ । दुई वर्षमा २० जना मारिएको निकुञ्जले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार