इसेवा मनि ट्रान्सफर र वल्ड रेमिटबीच सम्झौता, ५० देशबाट पैसा पठाउन सकिने
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २२:३९:१७
२६ चैत, काठमाडौं । वल्ड रेमिट र इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता भएको छ । वल्र्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै इसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।
वल्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो । सम्झौतापछि वल्ड रेमिटका साउथ एशिया कन्ट्री निर्देशक रूजान अहम्मदले भने ‘नेपालले आफ्ना जनताका लागि तीब्र रुपमा डिजिटल रुपमा सेवा उपलब्ध गराइरहेको छ भने नेपाली जनताले पनि परिवर्तनलाई आत्मसाथ गरेको देखिरहेका छौँ ।
वल्र्ड रेमिट यी घटनाक्रमलाई निरन्तरता दिन प्रतिबद्ध छ र त्यसका लागी हामीले इसेवा मनि ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा अझै गौरवान्वित भएका छौँ’ ।
इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भन्नुभयो “डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वल्र्ड रेमिटसँग साझेदारी गर्न पाउँदा हामी धेरै नै उत्साहित छौँ । यस साझेदारीले कम शुल्कमा रेमिट्यान्स भित्राउने हाम्रो अभियानमा अर्को एउटा थप आयाम हुने छ ।”
यसै गरी वल्र्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने भएको छ । डिजिटल रेमिट्यान्स प्रवर्दन गर्ने उद्देश्यले वल्र्ड रेमिट र इसेवा मनि ट्रान्सफरले निशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको हो । यो योजना जुन ३०,२०२१ सम्म लागु हुनेछ।
बिगत १० वर्षमा वल्र्ड रेमिटले लाखौँ ग्राहकका लागि एक विश्वसनीय, सुरक्षित र भरपर्दो विश्वव्यापी डिजिटल भुक्तानीको उत्कृष्ट प्लेटफर्मको निर्माण गरेको छ । वल्ड रेमिट विभिन्न किसिमका भुक्तानीका विकल्पहरू प्रदान गर्दै अन्तराष्ट्रिय रेमिट्यान्समा रहेको उच्च लागत घटाउनका लागि पनि विभिन्न कार्य गर्दै आएको छ ।
अफलाइन मार्फत भइरहेको कारोबारलाई अनलाइनमा लगेर अन्तरदेशीय कारोबार गरी सुरक्षित, छिटो र कम लागतमा सेवा प्रदान गर्दै आइरहेको छ । हाल वल्ड रेमिटले १ सय ५० वटा भन्दा बढी देशहरुमा आफ्नो सेवा दिदै आइरहेको छ भने विश्वभर रहेका ६ हजार ५ सय भन्दा बढी रेमिट्यान्स कम्पनीसँग सहकार्य गरेको छ । कम्पनीले ११ सय भन्दा बढिलाई रोजगारी दिएको छ ।
रेमिट्यान्स पठाउने सवालमा वल्र्ड रेमिट शत प्रतिशत डिजिटल (नगदरहित) रहेको छ भने पैसा प्राप्त गर्नेहरुले आफ्नो बैंक खातामा, मोबाईल एयरटाइम टपअप, मोबाईल मनि तथा नगद संकलन गरेर समेत प्राप्त गर्न सक्नेछन् ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा रेमिट्यान्स रकम भित्राउँदै आइरहेको छ । इसेवा मनि ट्रान्सफरले आफ्नो सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार