राष्ट्र प्रमुखबाट बाँडिएको बिभुषणमा चुच्चे नक्सा खै ??
नेपालबहस संवाददाता
चैत २८, २०७७ आइतबार ०:२२:६
राष्ट्रप्रति कहिँ कतै पनि सामान्य सोच र जिम्मेवारी बिहिन बनेको ओली सरकारले बिगतमा जतिसुकै राष्ट्रप्रति बफादार बन्दै चुच्चे नक्साको प्रचारवाजी गरे पनि अहिले कार्यान्वयन तहमा आउँदा भने राष्ट्रवादको धोती फुस्किएको महशुस गर्न थालिएको छ ।
हिजो अत्यन्तै तामझामका साथ अत्यन्तै ठूलो राष्ट्रवादी बनेर ब्यापक प्रचारबाजीका साथ निकालिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको चुच्चे नक्साले देशको शान कति बढायो भन्दा पनि देशको सम्पत्ति कति डुवायो भनेर अहिले हिसाब किताव गर्नुपर्ने बेला आएको छ । किनभने जस्ले सस्तो लोकप्रियताका लागि देशको गुमेको भुभाग सहितको चुच्चे नक्सा छाप्यो अहिले उसैले छापेको नक्सा उसैले गायव बनाएको छ ।
देश र जनतालाई साक्षी राखेर छापिएको नेपालको नयाँ नक्सा खै ? भनेर उहि सरकारलाई प्रश्न सोध्नु परिरहेको छ । अहिले आएर भने कुरा बिस्तारै खुल्दै जान थालेको छ कि त्यत्तिकै सत्तामा टिकेका छन् र ओली ? ओलीको ईच्छाले नयाँ नक्सा छापिएकै थिएन, भनेर अहिले सर्वत्र चर्चा र बहशको बिषय बनिरहेको छ ।
ओलीलाई न त नेपालको गुमेको भूभागको चिन्ता थियो, न त राष्ट्रियताका सवालमा दर्बिलो खुट्टा टेक्छन् भन्ने भरोषा नै थियो । तर, ओलीले आफ्नो स्वबिबेकले देखाएको राष्ट्रवादिता भन्दा पनि जनता र पार्टीको दवावले मात्रै ओली नयाँ सीमाना सहितको नक्सा छाप्न बाध्य भएका थिए भनेर । जुन कुरा अहिले आएर झनै छर्लङ्ग हुदै जाँदै छ कि यिनको राष्ट्रवाद भनेको हात्तिको देखाउने दाँत जस्तै हो भनेर ।
कुर्सी र पद नपाएर हामी याहॉ छौ भन्नेहरुदेखि उनै प्रभूलाई कम्फ़र्टेबल वातावरण बनाईदिनेसम्मका दानबिर नेताहरु भएका मुलुकमा हामी भने यिनिहरुले देशको सीमानाका बारेमा बोलिदिन्छन् र देशको अस्तित्व रक्षाका लागि लडिदिन्छन् भन्ने अपेक्षा राख्नु नै गलत छ ।
यहि ओली सरकारले गत बर्षको पाठ्यपुस्तकमा समेत राख्न नदिएको नयाँ भूभाग सहितको नेपालको नक्सा तक्मामा झन कसरी राखोस् ?? हामी तक्मामा नयाँ नक्सा आउला र नेपालीको शान उच्च होला भनेर आशावादी हुनेहरु नै बेबकुफ त भएका हैनौ ?? प्रश्न हामी तर्फ पनि तेर्सिएको छ । कमी कमजेरी धैरे छन् । डिजाईन नै भर्खर लेख्न सिकिरहेको केटाकेटीले बनाएको जस्तो छ । नक्सा नै मिलेको पो छैन । झन त्यसमाथि नेपालको शान राष्ट्रिय झण्डाको त कुरै नगरौँ । कमिशनखोर र नेताको कृपा राख्ने जन्तरेहरुको कारण मेडलको गरिमा मात्रै खस्किएको छैन सिंगो राष्ट्रको ईज्जत नै धरापमा पारेको छ ।
ओलीको दुई थरीका दाँत छन । एउटा चपाउने र अर्को देखाउने । यो उनको नक्कली राष्ट्र वाद हो र मालिकलाई रिझाएर सत्तामा टिकीरहने दाउ हो । कथित चुच्चे नक्सा केबल राजनीतिक खपत तथा स्टन्टकै लागि थियो, छ र उनि सत्तारोहण गरुञ्जेलसम्म रहि रहनेछ भन्ने कुरा उनका बिगतका र वर्तमानका स्वामी भक्तिका दस्ताबेजहरुले देखाईहेका छन् । कुर्सी र पद नपाएर हामी याहॉ छौ भन्नेहरुदेखि उनै प्रभूलाई कम्फ़र्टेबल वातावरण बनाईदिनेसम्मका दानबिर नेताहरु भएका मुलुकमा हामी भने यिनिहरुले देशको सीमानाका बारेमा बोलिदिन्छन् र देशको अस्तित्व रक्षाका लागि लडिदिन्छन् भन्ने अपेक्षा राख्नु नै गलत छ ।
छिमेकीले हाम्रा देशका नेताहरुको नाँडी छामिसकेको छ । र त खुलेआम भन्छ त हाम्रो दाल भात खाएर हामी सॅगै सिगउरी खेल्नेलाई सहयोग गरेर हामीले भुल गरेउँ भनेर । कुनै न कुनै बहाना बनाएर आफ्ना पितामहलाई भेटन जाने प्रबृत्ति र आशिर्बाद नथापी सत्तारोहण गर्नै नसक्ने यि बिदेशीका प्यादाहरुलाई उसले जे भनेर नचाउँछ त्यै तालमा नाच्ने तालिम प्राप्त बाँदर बाहेक अरु केहि हैनन भन्ने कुरा पनि नेपाली जनताले बुझिसकेका छन् ।
दिनभरी आन्द्रा चुँडिने गरि राष्ट्रियताका बिषयमा बाहिर भुक्ने, डुक्रिने अनि भित्रभित्र देशका संम्पदाहरुसँग आफ्नो सत्ता सुरक्षाका लागि सौदाबाजी गर्ने जमात नै यही हो भनेर पनि बुझ्न बाँकी रहेको छैन । पटक पटकका संविधानको ठाडो उल्लंघन र मनपरितन्त्रलाई नांङ्गो नाँचका रुपमा मुकदर्शक बनेका दलको झण्डा ओढेर बसेका नेपाली नागरिकहरुको कमजोरीका कारण पनि वर्तमानका कथित नेताहरुको मनोमानी बढीरहेको देखिन्छ । नत्र कोहि त एउटा बहादुर छोरो जन्मिनु पर्ने हैन र कोहि कसैले संबिधान बिपरित छापिएको नेपालको नक्सा भएको पदक खारेजी गरि पाउँभनि अदालत मा मुद्धा हाल्ने ?
हुन त देश अहिले बर्षै भरी गाईजात्रे प्रहशनमा व्यस्त रहेको छ । देशका नेताहरु नाटक मञ्चनमै मस्त रहेका छन् । हिजोको राष्ट्रिय बिभूषणमा देखिएको नेपालको नक्साको गाईजात्रे नौटंकी पनि उसैको निगाहामा अडेको नालायक सरकारवाट आफ्ना पितामहलाई पुर्याइएको दर्शन भेट मात्र हो, सत्ता टिकाउने यन्त्र मात्र हो यसभन्दा बाहेकको अरु कुनै अपेक्षा गर्नु नै हामी नेपालीको मुर्खता हो ।
वास्तवमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलिको देखावटि राष्ट्रबादले अहिले फेरि सिंगो नेपालीको शिर निहुर्याएको छ । भित्रभित्र भारतकै भक्ति गान गाउने र बाहिर भने बिरोधको भान बनाउने उखानेश्वर वास्तबमै भारतिय दलाल त हैनन ? भनेर पनि नेपाली जनता प्रश्न गर्न थालिसकेका छन् । हैन भने हिजो त्यत्रो तामझामका साथ निकालिएको नेपालको नयाँ नक्सा पाठ्यक्रमबाट पनि किन हटाईयो भनेर प्रश्न गर्ने नेपाली नभएका कारण पनि राज्यले प्रदान गर्ने विभिन्न पदक र विभूषणमा नयाँ नक्शा नसमेटिनुले पनि पुष्टि गर्छ माननीय खड्गप्रसाद सामन्त गोयलको लाचार छाया भन्दा ज्यादा केही हैनन भनेर ।
हिजो हरेक ठाउमा भाषण गर्दा मैले हाम्रो सिमाना समेटेको नक्सा छापेकोले मलाई भारतले सरकार छाड्न बाध्य पारिरहेको छ भनेर कुर्लने ओली अहिले राष्ट्रिय स्वाभिमानसँग गाँसिएका राष्ट्रिय सम्मान र पुरस्कारमा समेत उहि पुरानो नक्सा देखिनुले के ओलीले आफ्नो कुर्सीको आयु लम्ब्याउनकै लागि फेरि पनि उनै प्रभूलाई जिउहजुरीमा लागेका त छैनन ?
वास्तबमै यो नेपाल सरकारको अत्यन्त ठुलो कमजोरी हो । अझ भनौं कमजोरी भन्दा नि जानाजान गरिएको लापरबाहीको पराकाष्ठ हो । देशको स्वाभिमानको सबालमा, देशको सिमानाको सवालमा, भएगरेका र हुने गरेका सबै कमीकमजोरीका मतियार सम्बन्धित सबैलाई कारबाही हुनुपर्छ ।
वास्तवमा नेपालको गुमेको भूभाग समेटियो भनेर कोठामा नक्सा सार्वजनिक गर्ने विदेशीका हनुमानहरुका यि सब देखावटी नाटक मात्रै हुन । यीनिहरुले सोझा सिधा नेपाली नागरिकका सामु आवाज ठूलो पारेर राजानीति गरेका मात्र हुन तर भारत सामु त घुडा टेकेर स्वति बजाउने हनुमानहरु नै हुन भन्दा फरक पर्दैन ।
हामीलाई डर छ, यिनिहरुको दोधारे र दोभासे कुराहरुको भाषण सुनेर । हिजो हरेक ठाउमा भाषण गर्दा मैले हाम्रो सिमाना समेटेको नक्सा छापेकोले मलाई भारतले सरकार छाड्न बाध्य पारिरहेको छ भनेर कुर्लने ओली अहिले राष्ट्रिय स्वाभिमानसँग गाँसिएका राष्ट्रिय सम्मान र पुरस्कारमा समेत उहि पुरानो नक्सा देखिनुले के ओलीले आफ्नो कुर्सीको आयु लम्ब्याउनकै लागि फेरि पनि उनै प्रभूलाई जिउहजुरीमा लागेका त छैनन ? भन्ने प्रश्न उब्जिएको छ । यसले नेपालको सार्वभौम संसदको दुई तिहाई बहुमतबाट पारित नेपालको नयाँ नक्साको मात्र हैन वर्तमान नेपालको भौगोलिक सिमानाको समेत बेईज्जत भएको छ ।
यसले नेपाली नेताको फोश्रो राष्ट्रवादले समेत उत्तानोटाङ्ग लाएको छ नत्र राष्ट्र प्रमुखबाट बाँडिएको विभुषणमा चुच्चे नक्सा खै त ?? केहि लालबुझक्कडहरुले ओलीको सुरक्षा कबच बन्दै गत बर्ष नै छापिएको पदकलाई कोरोनाका कारण बाडन नभ्याएकाले यस बर्ष बाँडिएको ओठे जवाफ समेत फर्काएको देखिदैछ । हिजो बनाको खाना पाहुना आज आय भनेर तेइ हिजोको खाना खुवाउन मिल्छ ?
पदक आज बाँडिदैछ भने देशको अस्तित्वसँग जोडिएको नेपालको नक्सा परिवर्तन गरेर नयाँ पदक र बिभुषण बितरण गर्न पर्दैन ? भनेर आम नागरिकहरुमा बर्तमान सरकार प्रति ब्यापक बितृष्णा बढिरहेको छ किनकी यो कुनै देशभित्रको अझ दलिभित्रको सामान्य बिबाद र बहशको बिषय होइन यहाँ त झन सिंगो देशको सवाल छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार