राष्ट्रिय बिमा संस्थानको १७ सदस्यीय कार्यसमिति चयन
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २१:३९:११
२९ चैत, काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बिमा संस्थानको ८ औं केन्द्रीय अधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीको प्रमुख अतिथित्वमा लमजुङको घलेगाउँमा चैत्र २७ र २८ गते सम्पन्न भएको अधिवेशनले रविन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन पराजुली, महिला उपाध्यक्षमा कमाला बस्नेत, महासचिवमा कृष्ण प्रसाद प्याकुरेल चयन भएका छन् । त्यस्तैगरी उप(महासचिवमा धुर्व रेग्मी, सचिवमा वासु दाहाल, सह(सचिवमा रमेश उपाध्याय, कोषाध्यक्षमा शोभा पन्थी, सह-कोषाध्यक्षमा पशुपति दंगाल चयन भएका छन् । सदस्यहरुमा वालकृष्ण अधिकारी, विमल घिमिरे, रामप्रसाद मिश्र, हम बहादुर सरुमगर, सरिता भट्टराई, दिपेन्द्र प्रसाद गुप्ता, राजकुमार भडेल, नारायण गिरी चयन भएका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीले संघले चाल्नुपर्ने कदमहरु, भावी रणनीति तथा युनियनको भूमिकाबारे प्रष्ट पार्दै एकाकार भई संगठनात्मक हितलाई सर्वोपरी ठानेर सम्पूर्ण कर्मचारीहरुको हकहित, वृतिविकासका लागि अगाडी बढ्न नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बिमा संस्थानका कार्यसमितिलाई आग्रह गरे ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष धर्मराज खनालले नवनियुक्त पदाधिकारीहरुलाई मार्गदर्शन गर्दै ट्रेड युनियन र श्रम ऐनको विधान भित्र रहेर आफ्ना कार्यक्रमहरु जोडतोडका साथ आफु माताहतका कार्यालयहरुमा व्यवस्थापनसंग सामुहिक सौदावाजी गरी कार्यन्वयनमा लैजान भूमिका खेल्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार