सगरमाथा र बुद्धको देश भनेर नेपाल चिनाए : अनुश्मा
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार २२:३२:५५
३१ चैत, काठमाडौं । मिस इको इन्टरनेशनल नेपाल अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् । नेपालमा इको टुरिजमको विकासका थुप्रै सम्भावना रहेको आफुले पाएको बताएकी रायमाझीले इको टुरिजमको विकास गर्न सके देश अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र आर्थिक आर्जन गर्न सजिलो हुने उनको भनाई रहेको छ ।
इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१ ’ मा नेपाल प्रतिनिधित्व गरेर गत शुक्रबार नेपाल फर्किएकी रायमाझीले प्रतियोगिताबाट ‘मिस इको एसिया’ टाइल समेत नेपाल भित्र्याउन सफल भएकी छन् । प्रतियोगितामा शीर्ष पछि सबैभन्दा महत्वपूर्ण मानिएको यो उपाधि नेपाल भित्रिनु राष्ट्रका लागि एउटा महत्वपूर्ण उपलब्धिको रुपमा उनले लिएकी छन् ।
सोमबार साँझ बत्तिसपुतलीस्थित द स्ट्रान्ड होटल दड्स मिरिज सरासरमा आयोजित एक पत्रकार भेटघाटसहित आफ्नो ‘मिस इको इन्टरनेशनल’ यात्रा र आगामी दिनको योजना जानकारी दिएकी रायमाझीले प्रतियोगितामार्फत आफुले देशलाई समेत चिनाउन सफल भएको दाबी गरिन् । ‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशको अलवा बिभिन्न कला संस्कृतिले भरिएको राष्ट्रको रुपमा चिनाए’ रायमाझीले अगाडि भनिन्, ‘प्रतियोगिताबाट मैले धेरै देशका बारेमा सिक्न र जान्न समेत सफल भए ।’
कार्यक्रममा पूर्व मिस इको इन्टरनेशनल नेपाल तथा मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले रायमाझीले ‘मिस इको एसिया’ ताज नेपाललाई दिलाएर महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । ‘मिस युनिभर्स’ पहिले आफुले पनि ‘मिस इको इन्टरनेसनलमा’ सहभागी भएको जानकारी दिएकी नग्माले उक्त प्रतियोगिताबाट आफुले धेरै कुरा सिकेको र अहिले शो कुरा कामका लागि लाभदायक भएको बताइन् ।
‘मिस इको इन्टरनेशनल नेपाल २०१८’ की विजेता मौनता लामाले समेत प्रतियोगिताको बिषयमा आफ्नो धारणा राखेको कार्यक्रममा मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रीन आर्ट मिडियाले रायमाझीलाई बधाई समेत दिएको थियो । विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो । २१ वर्षीय रायमाझी कार्यक्रममा नेपालका कल्चरल ड्रेस, सांस्कृतिक र पर्यटकीय स्थानको भिडियोसहित सहभागी भएकी थिइन् ।
कार्यक्रमका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार पारेकी थिइन् । प्रतियोगिताको लागि आवश्यक विभिन्न प्रशिक्षण अनिला श्रेष्ठले दिएकी थिइन् । ‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि.अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार