विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २२:३५:४१
२ वैशाख, पाेखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्मिलत मोर्चाले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्।
प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन् ।
प्रदेशसभाका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएमा प्रदेश प्रमुखले बैठकको मिति र समय तोक्नुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अधिवेशन अन्त्य गरेका थिए ।
कांग्रेस, माओवादी केन्द्र र जसपाले बिहीबारै प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराई उक्त प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
स्थलगत रिपोर्टः स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले
असोज १५, २०८१ मंगलबार
सरकारले भन्यो– लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन्
असोज १५, २०८१ मंगलबार
बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार
असोज १५, २०८१ मंगलबार
क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, टिममा दुई परिवर्तन
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: चितवनमाथि काठमाडौं ३–१ सेटले विजयी
असोज १५, २०८१ मंगलबार
सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन
असोज १५, २०८१ मंगलबार