धुलिखेलमा सामुदायिक साकोसको सेवाकेन्द्र स्थापना
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १९:८:५६
३ वैशाख,बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले धुलिखेलमा सेवाकेन्द्र स्थापना गरेर सेवा शुभारम्भ गरेको छ ।
काभ्रेपलाञ्चोकलगायत काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) गरी चार जिल्ला कार्यक्षेत्र रहेको सो संस्थाले बजार क्षेत्रलाई ध्यानमा राखेर बिहीबारबाट अर्को सेवाकेन्द्र विस्तार गरिएको हो । धुलिखेल नगरपालिका नगरप्रमुख अशोक ब्याञ्जुले सेवाकेन्द्रको सेवा शुभारम्भ गर्दै तीन खम्बे अर्थनीतिमा सहकारीको भूमिका, छरिएर रहेका पूँजी एकीकृत गरी समाज र राष्ट्र निर्माणका लागि आवश्यक पूँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
उनले त्यसका लागि गाउँबाट शहर र शहरबाट गाउँसम्म सहकारी अभियानलाई सफलरुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्दै ग्रामीण सहकारीको अवधारणालाई अघि सार्नुपर्नेमा जोड दिए ।
प्रदेश बचत तथा ऋण सहकारी संघ लि।का महासचिव जीवसराज खड्काले समृद्ध नेपालको निर्माणमा नीति, विधि र प्रविधिको प्रयोग गरी समुदायमा जान आवश्यक रहेको बताए । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिलीप शर्माले सदस्यता आबद्धता तथा वित्तीय लक्ष्य हासिल गर्ने संस्थाको सक्रियता जरुरी रहेको बताए ।
संस्थाका पूर्वअध्यक्ष एवं परामर्शदाता दीपक थापाले नवीनतम प्रविधि एकीकरणलगायत विषयमा देखापर्ने जटिलताका सम्बन्धमा छलफल गरी अगाडि बढ्न सुझाव दिए । संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले सहकारी एकीकरणलाई सशक्तरुपमा लैजाने र प्रविधिमैत्री सेवामा जोड दिँदै सुरक्षित र सवलरुपमा सदस्य सेवामा समर्पित भई आर्थिक र सामाजिक समृद्धिको अभियानमा संस्थालाई अग्रणीरुपमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
विसं २०५१ देखि निरन्तर सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर परिवर्तनका लागि सुरक्षित, दिगो र भरपर्दो सहकारी वित्तीय सेवा उपलब्ध गराउँदै आइरहेको सो सामुदायिक सहकारीमा हाल २९ हजार शेयर सदस्य रहेको छ । सो संस्था सन् २०१२ देखि अन्तर्राष्ट्रियस्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार