बेरोजगार युवाको सहयोगी बन्दै सहारा सहकारी
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १९:२४:५२
३ वैशाख,झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले समुदाय लक्षित विभिन्न कार्यक्रममार्फत पूर्वी नेपालका हजारौँलाई आयआर्जनमा टेवा पु¥याएको छ । विर्तामोड–२ चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपालले युवा स्वरोजगार, पशुपालन, सिँचाइ, तरकारीखेती, बायोग्यास प्लान्ट, शिक्षा, स्वास्थ्य, आवासलगायत क्षेत्रमा करोडौँ लगानी गर्दै आएको छ ।
संस्थाले विगत चार वर्षदेखि युवा बेरोजगारलाई अटो रिक्सामा लगानी गर्दै आएको छ । हालसम्म तीन हजार विपन्न युवाले सहारामार्फत कर्जा पाएर अटो रिक्सा सञ्चालन गरिरहेको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । “बेरोजगार युवालाई आयआर्जनमा सघाउ पुगोस् भनेर अटो रिक्सामा लगानी गर्ने कार्यक्रम ल्याएका थियौँ”, गिरीले भने, “अहिलेसम्ममा तीन हजार जनाले अटो रिक्सा हाम्रै सहाराको लगानीमा सञ्चालन भइरहेको पाउँदा खुशी लाग्छ ।”
वैदेशिक रोजगारीबाट फर्केका र जागिर नपाएर घरमै बस्नु परिरहेका महिला र पुरुषले सहाराबाट सहुलियत कर्जा लिएर अटो रिक्सा चलाइरहेका छन् । यसबाट उनीहरूको जीवनस्तरमा सुधार आएको गिरी बताउछन् । सहारा नेपालले एक दशकदेखि कृषि क्षेत्रमा वित्तीय लगानी तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । ऊर्जाका क्षेत्रमा संस्थाले तीन हजार २४७ बायोग्यास प्लान्ट निर्माण र आठ हजार १६४ वटा सोलार जडान गरिसकेको छ ।
यो अवधिमा सहाराले तीन हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने गरी ९०० वटा स्यालो ट्युबवेल वितरण गरेको र कृषिलाई व्यवसायीकरण गर्न १२०० वटा टनेल वितरण गरेको जनाएको छ । एक दशकमा चार हजार २७९ जना किसानलाई बाख्रा र कुखुरापालनमा सघाउन रु ९१ करोड वित्तीय लगानी गरिसकेको र ३० वटा फ्रेस हाउस निर्माणमा साझेदारी गरेको संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले बताए ।
यही चैत मसान्तसम्ममा एक लाख ५० हजार ६६ सदस्य रहेको यस सहकारी संस्थाको प्रदेश नं १ को ११ जिल्लामा ७४ सेवा केन्द्र छन् । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाको शेयर पूँजी रु एक अर्ब ४४ करोड २० लाख ७८ हजार ७०० पुगिसकेको छ भने निक्षेप सङ्कलन रु सात अर्ब ९८ करोड र कर्जा लगानी रु नौ अर्ब ७१ करोड रहेको सहायक निर्देशक ईश्वर भट्टराईले जानकारी दिए ।
संस्थाले कोरोना प्रभावितमध्ये सात हजार ८१६ जनालाई रु दुई करोड ६८ लाख २३ हजार विपद् सापटी र रु तीन करोड ४५ लाख बराबरको व्याज छुट प्रदान गरिसकेको जनाएको छ । विपन्न समुदायलाई बसोबासका लागि विभिन्न दातृसंस्था र पालिकासँगको सहकार्यमा एक हजार ८०० परिवारका लागि आवास निर्माण गरिसकेको र विशेष रोग र दुर्घटनामा २७ हजार ६४२ सदस्यलाई रु २८ करोड ५४ लाख ८९ हजार ९५७ सहयोग पु¥याएको संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले बताए । प्रदेशकै अग्रणी सहकारीका रूपमा स्थापित सहारा नेपालले आगामी दिनमा एशियास्तरको सहकारीकारूपमा आफूलाई चिनाउने लक्ष्य लिएको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार