उपमहानगरपालिकाले प्रतिकिलो फोहोर २ देखि २० रुपैयामा किन्ने
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २१:११:२३
३ वैशाख,देउखुरी । नयाँ वर्षको शुरुआतसँगै घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानको थालनी गरेको छ । नयाँ वर्ष २०७८ को शुभारम्भसँगै उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनी गरेको हो । उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरीद गरेर पुनःप्रयोगमा ल्याउने कार्यक्रमको शुरुआत गरेको हो । गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरकाले जनाएको छ ।
घोराही उपमहानगरपालिकाले घर, पसल, उद्योगबाट निस्किएको फोहोरलाई किन्ने भएको छ । पूर्ण सरसफाइयुक्त नगर बनाउने उद्देश्यका साथ उपमहानगरले घर, बस्ती, टोलबाट निस्किएको फोहोरलाई मोहरमा बदल्ने योजना बनाउँदै फोहोर किन्ने भएको हो । नयाँ वर्ष २०७८ सालको शुभारम्भसँगै उपमहानगरले फोहोर किन्ने अभियान पनि यही वैशाख १ गतेदेखि शुरु गरेको छ ।
प्रतिकिलो फोहोर रु दुईदेखि २० सम्ममा उपमहानगरले किन्ने सरसफाइ व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए । उनका अनुसार बोटलसहित नरम पोलिथिन प्रतिकिलो रु १०, कपडा रु पाँच, सुर्तीजन्य प्लास्टिक रु दुई र गत्ता सहितका अन्य फोहोरलाई रु १० देखि २० सम्ममा उपमहानगरले किन्ने छ । उक्त फोहोर सङ्कलनका लागि उपमहानगरले टोलटोलमा गाडी पठाउने छ ।
उपमहानगरपालिकाले प्लास्टिक, लत्ता, कपडालगायत फोहोर खरीद गर्न थालेको छ । सङ्कलित फोहोरमध्ये नगल्ने फोहोरलाई उपमहानगरले बेच्ने र गल्ने फोहोरलाई वायोग्यास निकाल्नका लागि प्रयोग गरिने छ । “घोराहीमा फोहोर व्यवस्थापन गर्न वार्षिक रु दुई करोडभन्दा बढी रकम खर्च हुने गरेको छ र उक्त रकमलाई फोहोरसँगै सिधै जमीनमा गाडिएको छ”, घोराही–१४ का वडाध्यक्ष एवं सरसफाइ संयोजक डाँगीले भने, “अब भने फोहोरलाई पुनः प्रयोग गरेर उक्त रकमको सदुपयोग गरिनेछ ।”
फोहोर पुनः प्रयोग हुने भएसँगै घोराहीका नागरिकले फोहोर व्यवस्थापन गर्न अब पैसा तिर्नुपर्ने नभई पैसा कमाउने भएका छन् । घोराही उपमहानगरले गल्ने फोहोरबाट बायोग्यास निकालेर पाइपबाट घरघरमा ग्याससमेत पु¥याउने भएको छ । जसका लागि बायोग्यास प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करीब २० करोड लागतमा निर्माण हुन लागेको प्लान्टको अहिले ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र आउने मङ्सिर महिनाअघि काम सम्पन्न भइसक्ने घोराही उपमहानगरले जनाएको छ ।
उक्त वायोग्यास प्लान्टबाट अहिले तत्काल ७४० घरमा पाइपबाट घरघरमा ग्यास पु¥याउने योजना रहेको सरसफाइ व्यवस्थापन समितिका संयोजक डाँगीले जानकारी दिए । घोराही–१६ स्थित स्यानेटरी ल्यान्डफिल्ड साइटको तीन बिघा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त प्लान्टबाट तत्काल त्यस वरपर र नारायणपुर बजार क्षेत्रका घरघरमा पाइपबाट ग्यास वितरण गरिने छ । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँका बीचमा त्रिपक्षीय सम्झौता भएर उक्त प्लान्टको निर्माण भइरहेको छ ।
वायोग्यास प्लान्ट निर्माण गर्न २०७६ मङ्सिर ५ गते त्रिपक्षीय सम्झौता गरेर १४ महिनामा सक्ने भनिए पनि कोरोना महामारी आएसँगै काम रोकिएको थियो । अहिले भने काम धमाधम भइरहेको छ । सो प्लान्टबाट दैनिक एक हजार ३०० किलो ग्यास र छ टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी सल्लाहकार शेखर अर्यालले जानकारी दिए । नगरपालिकाका वडा नं १० र १६ का १६ सय घरधुरीमा पाइपमार्फत मिटर जडान गरी ग्यास वितरण गरिने उनले बताए । नगरप्रमुख नरुलाल चौधरीले गल्ने र नगल्ने फोहोरलाई पैसामा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने योजना रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार