प्रदेश १ को हिउँदे अधिवेशन कार्यसूचीमा प्रवेशै नगरी अन्त्य
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २२:३:५९
५ वैशाख,विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । अधिवेशनको आठौँ बैठक पनि दैनिक कार्यसूचीमा प्रवेशै नगरी अन्त्य भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन् ।
जारी अधिवेशनमा पहिलो पटक प्रदेशसभामा पुगेका मुख्यमन्त्री प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि बोल्न पाएनन् । मुख्यमन्त्रीले बोल्न समय नपाएपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले पठाएको अधिवेशन अन्त्यको पत्र वाचन गरेका थिए भने कार्यसूचीमा प्रवेश नगरी अधिवेशन अन्त्य गरेका थिए ।
सत्ता पक्षको विवादका कारण प्रभावित बनेको प्रदेशसभाको हिउँदे अधिवेशन तीन महिना चल्दा जम्मा आठवटा बैठक बसेको छ । तर अधिवेशनमा एउटा पनि विधेयकमा छलफल हुन् सकेन् । प्रदेश सरकारले बैठक छलेरै अधिवेशनको अन्त्य गरेको र सरकार प्रदेशसभासँग डराएको प्रतिपक्षी दलका नेताहरु बताउछन् ।
आइतबार बसेको बैठकमा प्रतिपक्षले अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले भने ‘तपाईंहरुको विषयलाई सम्बोधनका लागि मुख्यमन्त्री आफै बैठकमा उपस्थित हुनुभएको छ, बस्नुहोस् ।’ तर कांग्रेस प्रमुख सचेतक केदार कार्कीले सम्बोधन सुन्नका लागि नभई विकास बजेट सुनिश्चितताका लागि अवरुद्ध गरेको बताएपछि प्रदेशप्रमुखको पत्र बाचन गरेर सभामुखले अधिवेशन अन्त्यको घोषणा गरेका थिए ।
बैठक अन्त्य भएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले सदनलाई पुनः सञ्चालन गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपासँग छलफल गर्दा पनि बैठक पुनः सञ्चालन हुने सम्भावना नदेखिएकाले आजै प्रदेश सरकारको मन्त्रिपरिषद्बाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिएको र सोही अनुसार अधिवेशन अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार