२३ वर्षअघि सामूहिक लगानीमा किनेको डोजर कवाडी बन्दै
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १६:४९:१६
६ वैशाख,खोटाङ। खोटाङ जिल्लामा सडक विस्तारका लागि २३ वर्षअघि सामूहिक लगानीमा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको छ । छिमेकी जिल्ला उदयपुरको कटारी–घुर्मी हुँदै ओखलढुङ्गाको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माण गर्न खोटाङका तत्कालीन ७६ गाविसको संयुक्त लगानीमा विसं २०५५ मा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको हो ।
खोटाङ जिल्लाको प्रमुख मार्ग दिक्तेल–जयरामघाट सडकखण्ड निर्माण गर्न सामूहिक लगानीमा खरिद गरिएको डोजर हाल खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाट ९ओखलढुङ्गातर्फ०मा अलपत्र पारेर छाडिएको छ । खोटाङको साझा सम्पत्तिका रूपमा रहेको डोजर हाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने जयरामघाटभन्दा मुनि दूधकोशी किनारमा अलपत्र अवस्थामा छाडिएको हो ।
सडकभन्दा मुनि नदी किनारमा अड्किएर रहेको डोजर खियाले खाइसकेको तथा बालुवा र रोडा ढुङ्गाले पुरिएको अवस्थामा देख्न सकिन्छ । दूधकोशीस्थित नदीको पानीको सतहभन्दा केही मिटरमाथि अड्किएको डोजरलाई कुनै दिन ठूलो बाढी आएमा बगाउने अवस्थामा रहेको देखिएको छ । लामो समयसम्म मध्यपहाडी लोकमार्गको कुनामा मिल्काइएको अवस्थामा रहेको डोजर अहिले सडकको डिलमुनि पु¥याइएको अवस्थामा रहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । जिल्ला प्रवेश नै नगरी बाटैमा छाडिएको डोजरको कुनै पनि पार्टपुर्जा काम लाग्ने अवस्थामा छैन ।
कटारीबाट ओखलढुङ्गाको हर्कपुर हुँदै सोलुखुम्बु जोड्ने गरी सडक निर्माण शुरु गरिएपछि खोटाङका तत्कालीन सांसद टङ्क राईले हिलेपानीबाट दिक्तेल जोड्ने गरी हिले–हलेसी सडक निर्माण गर्ने परिकल्पना अघि सारेपछि डोजर खरिद गरिएको थियो । तत्कालीन सांसद राईको योजना सफल बनाउन तत्कालीन जिल्ला विकास समितिका सभापति पर्शुराम कार्की, हरि रोकालगायतको पहलमा डोजर खरिद गरिएको हो ।
प्रतिगाविस रु एक लाखका दरले सङ्कलन गरिएको रकममध्ये रु ४२ लाखमा डोजर खरिद गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । डोजर खरिद गरेर बचेको रकमबाट एउटा ट्र्याक्टर खरिद गरिए पनि हाल ट्र्याक्टरको अत्तोपत्तो छैन । जिल्लाका कतिपय गाविसले भने डोजर र ट्र्याक्टर खरिदका लागि तोकेको रकम विनियोजन गर्न अस्वीकार गरेका थिए । तत्कालीन समयमा खोटाङको साझा सम्पत्तिका रूपमा रहेको डोजर प्रयोग गरेर ओखलढुङ्गाको हिलेपानीबाट जयरामघाटसम्म करिब नौ किलोमिटर सडक खनिएको जनाइएको छ ।
सडक खन्दै जयरामघाटसम्म आइपुगेको डोजर नदी नतार्दै कवाडीमा परिणत भएको जनाइएको छ । विसं २०५७ मा अप्पर माथिल्लो सगरमाथा कृषि विकास आयोजना र त्यसपछि ग्रामीण पहुँच कार्यक्रम ९¥याप०सँग जयरामघाट ९दूधकोशी किनार०बाट हलेसीसम्मको सडक निर्माणमा हेभी मेशिन प्रयोग नगर्ने सम्झौता भएपछि सो डोजर खोटाङ नतारी सडकमै थन्क्याइएको हो ।
सडकमै थन्किएको डोजर कवाडीमा परिणत भए पनि खोटाङको सामूहिक भावना बोकेको तथा साझा सम्पत्तिको प्रतीकका रूपमा रहेकाले संरक्षणको चर्चा हुने गरेको छ । डोजर संरक्षणका लागि जिल्ला समन्वय समितिको विसं २०७६ असार ९ गतेको बैठकले सडकको ढोका खोल्ने लक्ष्यका साथ खरिद गरिएको डोजरलाई संरक्षण गर्न स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
इतिहास बोकेको डोजर संरक्षणका लागि माग आएमा हस्तान्तरण गर्ने निर्णय गरेपछि सोही वर्षको असार २६ गते हलेसी तुवाचुङ नगरपालिकाले इतिहास बोकेको डोजर संरक्षण गर्ने भन्दै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको थियो । सोही आधारमा जिल्ला समन्वय समितिले सङ्ग्रहालय बनाएर डोजरको संरक्षण गर्नका लागि असार २७ गते नगरपालिकालाई डोजर हस्तान्तरण गरेको थियो ।
यद्यपि कवाडीका रूपमा थन्किएको डोजरलाई सङ्ग्रहालय बनाएर राख्ने सोच बनाइए पनि हालसम्म उपयुक्त विकल्पको टुङ्गो नलागेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । जिसस प्रमुख चाम्लिङले भने ऐतिहासिक धरोहरका रूपमा रहेको डोजर संरक्षण हुने विश्वास गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार