चैते दशैँमा महोत्तरीको त्रिशूली देवी मन्दिर खुला
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १७:९:४
७ वैशाख,जलेश्वर । चैते दशैँको अवसर पारेर आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँको बेला गरी दुई पटक मात्रै खोलिने गरेको यो मन्दिर आज एकाबिहानै चैत्र अष्टमी/नवमीको अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए ।
वर्षमा दुई पटक मात्र खुला गरिने यस मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैन । उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैन तर असोज र चैत महिनाको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था छ ।
जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवीको मन्दिर महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निक्कै प्रसिद्ध छ । दशैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनले पुनः माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको पूरा हुने जनविश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार