व्यावसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १७:३२:४
७ वैशाख,खोटाङ । वैदेशिक रोजगारमा संलग्न खोटाङका ७६ प्रतिशत परिवारका सदस्यले व्यावसायिक योजना बनाएर आयआर्जन शुरु गरेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले गरेको सर्वेक्षणअनुसार वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले आफ्नो घरमा योजना बनाएर विभिन्न व्यवसायबाट आयआर्जन शुरु गरेका हुन् ।
परियोजनाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा सहभागीमध्ये ८७ प्रतिशतले वित्तीय लक्ष्य तथा पारिवारिक बजेट बनाउने गरेको, ९७ प्रतिशतले आम्दानी र खर्चको हिसाब राख्न थालेको र ९१ प्रतिशतले बचत वृद्धि गरेको सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए । वित्तीय साक्षरता कक्षाकै सिकाइका कारण ९२ प्रतिशत (३५७ जना)ले विदेशमा रहेका आफन्तबाट महत्वपूर्ण कागजातको फोटोकपी घरमा मगाएको सामीले जनाएको छ ।
वैदेशिक रोजगारसम्बन्धी आवश्यक सूचना तथा परामर्श सेवा पाएका एक हजार ४८८ जनामध्ये १२ प्रतिशत विदेश गएको, त्यसमध्ये ५३ प्रतिशतले सीप सिकेर विदेश गएको, ८७ प्रतिशतले परिवारमा कागजपत्र छाडेको र ३६ प्रतिशतले आफूले एजेण्टलाई पैसा तिरेबराबरको भर्पाइ लिएको पाइएको कार्यक्रम संयोजक राईले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७६/७७ र आव २०७७/७८ मा वैदेशिक रोजगारको सिलसिलामा भएका ठगी, खोजी, उद्दार, जेल, मृत्युदाबी भुक्तानी तथा अङ्गभङ्गलगायत आएका ५८ मुद्दामध्ये २९ सफल भएको, २२ प्रक्रियामा रहेको र सातवटा असफल भएको परियोजनाले जनाएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा ठगीका नयाँ–नयाँ शैली अपनाइएको पाइएको सामीका जिल्ला कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिईन । परियोजनाले सोमबार दिक्तेलस्थित बालसेवा समाजको कार्यालयमा आयोजना गरेको पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपपनारायण रिजाल र उपप्रमुख विणादेवी राईसमेत सहभागी भएका थिए ।
सो अवसरमा वरिष्ठ पत्रकार कृष्ण आचार्यले वैदेशिक रोजगारीमा जाने जिल्लाका युवापुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । “सामी परियोजनाले युवापुस्तालाई विभिन्न बहानमा विदेश पठाउने काम गरेको छ”, उनले भने, “वर्षेनी विदेशिने युवापुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार हुने वातावरण स्थानीय सरकारले बनाउनुप¥यो । अनि मात्र सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा साकार हुन्छ ।”
नगरप्रमुख रिजालले नगरपालिकाको तर्फबाट युवापुस्तालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अघि सारिएको बताए । “वैदेशिक रोजगारीमा जान चाहने युवापुस्तालाई तत्काल रोक्ने स्थिति त छैन”, उनले भने, “क्रमिकरुपमा स्वरोजगारमूलक कार्यक्रमहरु लागू गरेर विदेश जाने युवालाई आफ्नै क्षेत्रमा स्वरोजगार बनाउने योजनामा छौँ ।”
नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाजद्धारा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेको छ । वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमूलक बनाउने लक्ष्यका साथ परियोजनाले सूचना तथा परामर्श सेवा, निःशुल्क सीप तथा तालीम, निःशुल्क कानूनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता कक्षा सञ्चालन, सामाजिक परिचालनलगायतका काम गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार