डिजिटल माध्यमबाट भुक्तानी गर्न सानिमा लाईफ इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १९:५४:३३
१० बैशाख, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआई सँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, खभलमयच भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु रियल–टाइम तथा नन–रियलटाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सकिने भएको छ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।
साथै सानिमा लाइफका बीमितहरुले आफ्नो बीमा (प्रिमियम) शूल्कको अन्लाईन भुक्तानी connectIPS को वेब (www.connectips.com), , मोबाईल एप तथा सदस्य बैंक वित्तिय संस्थाहरुको शाखाबाट गर्दै नै आएका छन् ।
वि. सं. २०७४ देखि संचालनमा रहेको सानिमा लाइफ इन्स्योरेन्स लि., सानिमा बैंक तथा गैर आवासीय नेपालीहरू (एनआरएन) द्वारा प्रवद्र्धित कम्पनी हो । सानिमा लाइफ नेपालको जीवन बीमा क्षेत्रमा एक विश्वसनीय नाम हो र एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।
एनसीएचएल नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । यसका NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS, NPI / CORPORATEPAY प्रणाली सञ्चालनमा रहेका छन् जसमा सबै जसो बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भैसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार