हिंसाविरुद्धको शुन्य सहनशिलता राज्यको जवाफदेहिता : उपसभामुख देव
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १८:८:५०
१२ बैशाख, राजविराज । प्रदेश २ की उपसभामुख उपमा देवले महिलामाथि हुने हिंसाविरुद्धको शुन्य सहनशिलता राज्यको जवाफदेहिता रहेको बताएकी छिन् । महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको आज राजविराजमा सम्पन्न प्रथम पदास्थापन समारोहमा बोल्दै प्रदेश २ की उपसभामुख देवले न्यायपूर्ण शान्तिका लागि सबैखाले विभेद र दण्डहिनता अन्त्य गरी महिलामाथि हुने हिंसा नियन्त्रणको वातावरणका लागि राज्य जवाफदेही बन्दै गएको बताइन् ।
लामो समयसम्म राज्यबाट उपेक्षित समुदायको अधिकारलाई केन्द्रमा राखी सबैको मानव अधिकार सुरक्षित हुनुपर्ने बताउनु हुँदै उहाँले अधिकारको दुरुपयोग गर्न नहुनेतर्फ सचेत समेत गराइन् । निर्वाचन समितिका संयोजक मञ्जु श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, इन्सेक प्रतिनिधी मनोहर पोखरेल र सञ्जालकी सल्लाहकार करुणा झाले शुभकामना व्यक्त गरिन् ।
गत फागुन १२ गते सम्पन्न अधिवेशनले अनीता देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति र ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो । जसअनुसार उपाध्यक्षमा सुधा देव, सचिवमा माधवी शाह, सहसचिवमा मनु खनाल र कोषाध्यक्षमा ललीता कर्ण निर्वाचित भएका थिए ।
यसैगरी सदस्यहरुमा मालतीदेबी चौधरी, ज्ञानु भट्टराई, पुनम पोखरेल, सुष्मा गुप्ता, गीता पाण्डे, राजकुमारी साह, साधना कर्ण, बबीता देब, बेबी गुप्ता, कमला खनाल कोइराला, सुनैरदेबी यादव र पार्वती सिंह (प्रिया) रहेकी छिन् । सल्लाहकारहरुमा मञ्जु श्रेष्ठ, मनोहर पोखरेल र करुणा झालाई साधारण सभाले मनोनित गरेको छ । सञ्जालकी सचिव माधवी शाहद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुधा देवले राखेकी थिइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार