पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भुम्दी
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २०:२४:४६
१२ वैशाख, गण्डकी । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको पोखरा महानगरपालिका–२२ स्थित भुम्दीका स्थानीयवासी घरबासका माध्यमबाट यहाँको गाउँलाई पर्यटकमाझ पु¥याउने लक्ष्यका साथ क्रियाशील छन् ।
भुम्दी टुनार घरबास (होमस्टे) का नाममा सङ्गठित बन्दै यहाँका ११ वटा घरमा विगत एक वर्षयता घरबास सञ्चालनमा ल्याइएको छ । प्रकृति र संस्कृतिका विविधतालाई पर्यटक माझ लैजाने दीर्घकालीन सोचका साथ घरबास सञ्चालनमा ल्याइएको अध्यक्ष नानीमाया गुरुङले जानकारी दिइन् । गत वर्षदेखि घरबास सञ्चालनमा ल्याएसँगै पर्यटकको आकर्षण बढिरहेका अवस्थामा एकाएक विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रकोप र त्यसँगै गरिएको बन्दाबन्दीले आफूहरूको जागरुकतालाई प्रभावित बनाएको उनले बताइन् ।
समुद्री सतहबाट ८०० मिटर उचाइमा रहेको यस ठाउँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका मनमोहक हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । गाउँको शिरमा रहेको रामलक्ष्मण थान यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको होमस्टेकी सदस्य एवं भुम्दी टुनार आमा समूहकी अध्यक्ष राधा गुरुङले जानकारी दिइन् ।
उनका अनुसार यस तीर्थस्थलमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष(बडा दशैँ)र चैत्र शुक्ल पक्ष(चैते दशैँ)का अवसरमा नवमी तिथिमा विशेष पूजाआजा हुन्छ । उक्त दिनमा कुखुराको बलि दिने गरिएको उनले जानकारी दिइन् । उक्त दिनमा रामलक्ष्मणको थानमा शिकार खेल्नुपर्छ भन्ने प्राचीन संस्कृति यहाँको अर्को मौलिकता हो । उक्त दिनमा शिकार खेल्नैपर्छ भन्ने प्राचीन मान्यताका कारण स्थानीयवासी जम्मा भएर शिकार खेले झै गरी हाहाहुहु गर्दै परम्परालाई धान्दै आएको उनले बताए ।
घरबासमा आउने पर्यटकलाई आफूहरूले यामअनुसारको गाउँमा नै उत्पादित प्राङ्गारिक तरकारीका साथै विभिन्न परिकार खुवाउने गरेको उनले जानकारी दिइन् । गाउँमा विभिन्न जातजातिका २७ घरमध्ये ११ वटाले घरबास सञ्चालन गरेको जानकारी दिँदै उनले होमस्टे सञ्चालन नगर्नेले पनि पर्यटकका लागि आवश्यकपर्ने कृषिजन्य उत्पादन तयार गरी लाभान्वित हुने गरेको बताइन् ।
हिमाली तथा पहाडी दृश्यावलोनको आकर्षक गन्तव्यका रुपमा रहेको यो ठाउँ पञ्चासे पदमार्गमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताए । पञ्चासे पदमार्गमा जानेका लागि यस स्थानमा विगतमा घरबास सञ्चालन नभएका कारण क्याम्पिङ गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले घरबास भएसँगै पदयात्रीका लागि निकै सहज बनेको बताए ।
तीन÷चार दिनसम्म गर्न सकिने पञ्चासे पदयात्राका साथै पोखराबाट एकदिने हाइकिङका लागि पनि भुम्दी टुनार होमस्टे सहयोगी बन्ने पौडेलको भनाइ छ । उनका अनुसार एकदिने हाइकिङमा जान चाहनेले पामेबाट चापाकोट हुँदै भुम्दी, उल्लेरी हुँदै भुम्दी, ड्यामसाइड हुँदै भुम्दीका साथै खाडेखोलाबाट भुम्दीसम्मको एकदिने हाइकिङ गर्न सक्दछन् । भुम्दी टुनार घरबासलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उनले बताए ।
पदयात्राका लागि आउने पर्यटकले रुचाउने प्राङ्गारिक कृषिजन्य उत्पादनमा यहाँका स्थानीयले जोड दिएको हिमालयन भ्यू टि हाउसका सञ्चालक यामबहादुर गुरुङ९माइला दाइ०ले बताए । विगतमा क्याम्पिङ गरी बस्न आउने पदयात्री पर्यटकलाई लक्षित गर्दै २२ वर्षअघिदेखि आफूले यहाँस्थित पैयम चौतारामा चियापसल सञ्चालन गर्दै आएको जानकारी दिँदै उनले पछिल्ला आठ वर्षयता २२ जनासम्म पर्यटक राख्न सक्नेगरी आवासीय कोठासमेत निर्माण गरेको बताए ।
लामो समयसम्म देशमा चलेको सशस्त्र द्वन्द्वका साथै कोरोना महामारी लगायतले पदयात्रा पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको उनको अनुभव छ । पदयात्रा पर्यटनसँग भुम्दी गाउँलाई जोड्दै यहाँको समग्र विकासमा योगदान गर्न सकिने उनले बताए । भुम्दी टुनार घरबासलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ टान पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा विश्वपृथ्वी दिवसका अवसरमा हालै एक दिवशीय हाइकिङ गरिएको संघका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले बताए ।
उनका अनुसार नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पोखरा महानगरपालिका– २२ को सहयोगमा आयोजित हाइकिङमा पदयात्रा पर्यटन सम्बद्ध व्यवसायी एवं सञ्चारकर्मीसहित ४५ जनाको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार