बिरामी उपचारका लागि भेरी अस्पतालमा सहयोग जुट्दै
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २२:४५:५३
१२ वैशाख,लुम्बिनी । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा समस्या देखिएपछि धमाधम सहयोग जुछ्न थालेको छ । गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा आवश्यक अक्सिजन ग्यासको समेत अभाव भएको जानकारी हुनासाथ सहयोग जुट्न थालेको हो । संक्रमण अस्वभाविकरुपमा बढ्न थालेपछि कोभिड आइसोलेशनमा श्ययासँगै अक्सिजनको समेत अभाव शुरु भएको थियो ।
गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन बाँके क्षेत्र नं २ का सांसद तथा पूर्वशहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उपलब्ध गराउने भएका छन् । अक्सिजनको कमी हुन थालेको र गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या भइरहेको खबर बाहिर आएपछि उनले पाँच हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउन लागेका हुन् ।
आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी कोरोना संक्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन उपलब्ध गराउने निर्णय गरेको राईले जानकारी दिए । कोरोना संक्रमित बिरामीलाई आवश्यक अक्सिजन खरीदका लागि शनिबार राष्ट्रिय युवा सङ्घ बाँकेले भेरी अस्पताललाई रु एक लाख ३२ हजार ७५० हस्तान्तरण गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अक्सिजन खरीदका लागि राष्ट्रिय युवा सङ्घले गरेको रकमले धेरै बिरामीको ज्यान जोगिन सहयोग पुगेको जनाउँदै आभार व्यक्त गरे । उनले उक्त रकम अक्सिजन खरीदमै उपयोग गर्ने प्रतिबद्धतासमेत जनाए । शुक्रबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष सफिक वेहनाले बिरामीलाई अक्सिजन खरीदका लागि रु दुई लाख सहयोग गरेका थिए भने नेपालगञ्जका सामाजिक अभियानकर्मी हेमन्त काफ्लेले सञ्चालन गरेको अभियानअन्तर्गत रु तीन लाख बढी रकम सङ्कलन भएको छ ।
विभिन्न संघसंस्था र मनकारी व्यक्तिको सहयोगबाट तत्कालका लागि बिरामीलाई चाहिने अक्सिजनको अभाव टरे पनि कोभिड अस्पतालमा आवश्यक श्यया र जनशक्ति नहुँदा सबै बिरामीलाई भर्ना गर्नसक्ने अवस्था नरहेको भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार