पूर्वी नवलपरासीका विद्यालयमा पठनपाठन बन्द
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २३:२६:५१
मिना कंडेल
१४ वैशाख, नवलपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा धेरै बालबालिकाहरु कोरोना संक्रमणबाट पिडित भएको भन्दै विद्यालय बन्द गर्न बारम्बार निर्देशन दिएपछि पूर्वी नवलपरासीका विद्यालयहरुमा मगंलबारदेखि पठनपाठन बन्द भएका छन् ।
पछिल्लो समय विद्यायलयमा अध्ययनरत विधार्थी नै बढि संक्रमित हुन पुगेको र त्यसबाट नै अभिभावक तथा समुदायमा कोरोना बढ्न सक्ने भन्दै विद्यालयमा पठनपाठन बन्द गरिएको जानकारी दिइएको छ ।
नवलपुरका सबै पालिकाहरुले एक हफ्ताका लागि विद्यालय बन्द गरेका छन् । नवलपुरको शिव माविमा कक्षा १० मा अध्ययनरत विधार्थीमा कोरोना पोजेटिभ देखिएपछि यहाँका अधिकांश विद्यालयको पठनपाठन बन्द गर्न प्रशासन र पालिकाहरुबाट सुचना गरिएको हो ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै देशभरका विद्यालय बन्द गर्ने सरकारले समेत निर्णय गरेको छ । बैकल्पिक शिकाइका विधिहरु भर्चुअल विधिबाट पठनपाठन भने नरोक्न समेत सीसीएमसी निर्देशक समितिको सिफारिसमा उल्लेख छ ।
त्यसैगरि त्यसैगरी सवारी साधानहरुमा पनि क्षमता भन्दा बढी यात्रुहरु चढाउनका नपाइने, स्वाथ्यमापदण्ड अनिर्वाय रुपमा पालना गर्नुपर्ने, होटेल तथा रेष्टुरेन्ट, पसल, व्यापारव्यवसाय रातको ८ बजे पछि बन्द गर्नु पर्ने, जुनसुकै कार्यक्रममा पनि २५ जना भन्दा बढी मानिस भेला नगर्न नपाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीेले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार