बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १६:२:७
१५ वैशाख, राँझा । कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई कडाइ गरेको नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिए।
उनका अनुसार, उपभोक्ता हित संरक्षण समितिले सरोकारवाला निकायसँगको समन्वयमा दैनिकरूपमा बजार अनुगमनलाई निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तु, तरकारी बजार र औषधि पसलमा समेत अनुगमनको कार्य भएको छ ।
मङ्गलबार औषधि र सर्जिकलजन्य पसलको अनुगमन गर्दा केही औषधि पसलमा व्यवसायीबिनै औषधि पसल सञ्चालन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ । नेपालगञ्जका विभिन्न औषधि र सर्जिकल पसलको अनुगमन गर्ने क्रममा अक्सिमिटर, स्यानिटाइजरजस्ता अत्यावश्यक वस्तुको मूल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरी लेवलमा अधिकतम खुद्रा मूल्य केरमेट गर्ने र उपभोग्य म्याद समाप्त भएका स्यानिटाइजर बिक्री गर्ने एक सर्जिकल पसल पश्चिमाञ्चल डिष्ट्रब्युटर्सलाई तत्काल रु दुई लाख जरिवाना गरी लेवलमा केरमेट गरिएका अक्सिमिटरलगायत वस्तु बिक्री नगरी फिर्ता गर्न निर्देशन दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।
अनुगमनका क्रममा औषधि पसलमा व्यवसायीबिनै अनधिकृत व्यक्तिले औषधि बिक्री वितरण गरेको र अक्सिमिटर, स्यानिटाइजरजस्ता अत्यावश्यक वस्तुको मूल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरी लेवलमा केरमेट गर्ने गरेको पाइएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँकेका अध्यक्ष वसन्त गौतमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार