सानो पाइलाले दियो नारायणीलाई ६ वटा भेन्टिलेटर
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १८:१८:२८
१५ बैशाख, वीरगञ्ज । सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर उपलब्ध गराएको छ । सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस ‘गैरनाफामुलक कम्पनी’ सँगको सहकार्यमा नारायणी अस्पतालमा एक महिनाका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको हो ।
अस्पतालमा कोरोनाका विरामीहरु बढ्दै गएपछि उनीहरुको उपचारमा सहजताका लागि थप भेन्टिलेटरहरु उपलब्ध गराएको सानो पाइलाकी सचिव डा। सुष्मा तिवारीले बताइन् । तिवारीले उक्त भेन्टिलेटरहरु नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गरिन् । यस्तै सानो पाइलाले उपलब्ध गराएको भेन्टिलेटरहरु हाल कोभिडका बिरामीहरुका लागि सबभन्दा उपयोगी हुने अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले बताए ।
योसँगै नारायणी अस्पतालमा प्रयोगयोग्य भेन्टिलेटरको संख्या १५ पुगेको छ । यसअघि नारायणी अस्पतालमा कुल १० वटा भेन्टिलेटर मात्र रहेको थियो । जसमध्ये ५ वटा कोभिडका बिरामीका लागि छुट्ट्याइएको थियो भने ५ वटा अन्य बिरामीहरुका लागि राखिएको थियो । उक्त भेन्टिलेटरहरु कोभिड आईसीयु र एसडियूमा जडान गरिसकिएको उनको भनाइ छ ।
पहिलो लहरको कोरोना भाइरस करिब नियन्त्रणमा आइसकेपछि विस्तारै सामान्य बनेको हाम्रो दिनचर्र्या दोस्रो लहरको संक्रमणसँगै फेरि असामान्य हुँदै गएको छ । पछिल्ला दिनहरूमा कोरोना भाइरस संक्रमणको प्रकृति र रफ्तार हेर्दा अवस्था थप चिन्ताजनक बन्न पुगेको देखिन्छ । संक्रमितहरुको संख्या दिनानुदिन उकालो लागिरहेको छ । मंगलबार मात्रै पर्सामा ६४ जनामा संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार