निषेधाज्ञाको अवधिभरमा अनलाइन सेवामा जोड दिन बीमा समितिको निर्देशन
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १९:४१:१४
१७ बैशाख, काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई निषेधाज्ञा अवधि भर अनलाइन मार्फत बीमालेख जारी गर्न निर्देशन दिएको छ । समितिले एक सर्कुलर जारी गर्दै इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको हो ।
तर बीमालेख अनलाईनबाट जारी गर्दा अनिवार्य रुपमा बीमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिकाका साथै बीमकको अन्डराइटिङ्ग म्यनलुममा अधिनमा रहनु पर्दछ ।
बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत भराउने र पर्याप्त रुपमा बीमा जोखिमाङ्कन गरी बीमालेख जारी गर्न सकिने समितिले जनाएको छ । बीमालेख प्रस्तावको फारम भर्दा ग्राहक पहिचान फारम, फोटो लगायत अन्य जानकारी समेत मिलाउनु पर्ने समितिले जारी गरेको सर्कुलरमा उल्लेख छ । अनलाईनबाट नवीकरण गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
यस्तै बीमालेख अन्तर्गतको बीमाशुल्क विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मोवइल बैंकिङ्ग, इबैकिङ्ग तथा अनलाईन सेवा प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
निर्जीवन बीमा कम्पनीले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधि सामाप्त भएपछि तत्काल सर्भेयर खटाएर क्षतिको यकिन गरी दाबी भुक्तानी गर्ने निर्देशन दिएको छ ।
यसैगरी बीमकहरुले आवश्यक बीमा सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीहरुमध्ये एक तिहाई कर्मचारीहरुबाट आलो पालोमा सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार