रोटरीबाट मनमोहन अस्पताललाई डायलायसिस मेसिन
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २३:५६:४८
१७ वैशाख,झापा । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले रु एक करोड २० लाख मूल्य बराबरको सात थान किडनी डायलायसिस मेसिन प्रदान गरेको छ । मानवीय सेवामा समर्पित क्लबले गत वर्ष कोभिड– १९ को कहर शुरु भएलगत्तै डाइलायसिस गर्नुपर्ने बिरामीलाई परेको कठिनाइ ध्यानमा राखी बिर्तामोडमा डायलायसिस सेन्टर स्थापनाको पहल गरेको थियो ।
अस्पतालले सो डायलायसिस सेन्टर हालै सञ्चालनमा ल्याएको छ । त्यहाँ जापानबाट आयातित अत्याधुनिक सात थान डायलायसिस मेसिन, एक थान डाइलाइजर रि–प्रोसेसिङ मेसिन, एक थान वाटर प्युरिफायर र सात थान इलेक्ट्रिक बेड छन् । झापामा मिर्गौला रोगी बढिरहेका अवस्थामा रोटरीले जिल्लामा सबैभन्दा बढी क्षमताको डायलायसिस सेन्टर स्थापना गरिदिएको क्लबका अध्यक्ष प्रशान्त भण्डारीले बताए ।
अस्पतालले रोटरीसँगको सम्झौताबमोजिम भौतिक तथा आर्थिक व्यवस्थापन आफैं गरी डायलायसिस सेन्टर सञ्चालन गरेको हो । सङ्घीय सरकारले तोकेको रु दुई हजार पाँच सय शुल्कमा बिरामीले यहाँबाट सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश खरेलले बताए । आउँदो साउनदेखि सरकारी सुविधा पाएपछि डायलायसिस सेवा निःशुल्क हुने जनाइएको छ ।
हाल झापाका भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पाँच र ॐसाई पाथीभरा हस्पिटलमा पाँच शय्याको डायलायसिस मेसिन सञ्चालनमा छन् । बिर्तामोडको बिर्तासिटी हस्पिटलमा चार र बिएन्डसी हस्पिटलमा चार शय्याको डायलायसिस मेसिन छन् । दमकको लाइफलाइन हस्पिटलमा समेत पाँच शय्याको मेसिन सञ्चालनमा छ ।
मनमोहन अस्पतालको सो डायलायसिस सेन्टरमा १० नर्सिङ स्टाफ रहेको र २४ घण्टै सेवा चालु भइरहेको नर्सिङ इञ्चार्ज सुमन सेढाईँले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार
भक्तपुर पुगेर प्रधानमन्त्री र संस्कृतिमन्त्रीले भने, नेपाल भाषालाई पाठ्यक्रममा समावेश गराइन्छ
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार